स्वरोजगार कोषको कर्जा नतिर्नेलाई सरकारी सुविधा रोक्नेदेखि पासपोर्ट रोक्नेसम्मको कार्वाही



 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कार्वाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

 

कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कार्वाही गर्ने तयारी गरेको छ ।

 

कोषको भाखा नाघेको कर्जा उठन बाँकी २७ करोड पाँच लाख ६४ हजार ५७९ रहेको छ । सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले बताए । कोषले हालसम्म तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ लगानी गरेको छ । त्यसमध्ये चार अरब २२ करोड सात लाख ४१ हजार १०४ लगानीमा रहेको छ ।

 

नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।

 

आर्थिकरूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवार एवं परम्परागतरूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।

 

कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति दुई लाखसम्म र समूहमा काम गर्न चाहेमा बढीमा २५ जनाको समूहलाई अधिकतम ५० लाखसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ ।

 

युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालीम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पूँजी उपलब्ध गराएर विदेश पलायन हुने प्रवृत्तिलाई क्रमिकरुपमा घटाउँदै देश विकासमा टेवा पुर्‍याउने लक्ष्य रहेको छ ।

 

कोषको उद्देश्य र लक्षित कार्यक्रममा लगानी गरे-नगरेको पनि अनुगमन गरिरहेको र कर्जा भूक्तानीका लागिसमेत ताकेता गरिरहेको कोषका कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए ।

 

दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ ।

 

सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा २१ दशमलब दुई प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए भने सन् २०१७ को अन्त्यमा आइपुग्दा सो सङ्ख्या बढेर ४१ दशमलब ६ प्रतिशतमा पुगेको छ ।

 

प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो सङ्ख्या क्रमशः बढ्दै जाने देखाएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच बढ्दै गएको, बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण पनि महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

 

सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको एक बैंक खाता अनिवार्य खोल्ने कार्यक्रम ल्याएको छ । सो कार्यक्रमले समेत महिलाको सङ्ख्यामा वृद्धि हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत २०७५ भदौ मसान्तमा १५१ रहेका छन् ।

 

हाल २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६६ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत २०७५ भदौ मसान्तसम्ममा छ हजार ८१९ पुगेका छन् ।

 

सङ्घीयता कार्यान्वयनका क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकलाई आफ्ना शाखा विस्तार गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

 

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने नेपालीको सङ्ख्या रु दुई करोड ३५ लाख रहेका छन् । ‘एकै व्यक्तिका पनि तीन÷चार वटासम्म बैंक खाता रहेका छन्, सबै खातालाई फरकफरक खाताका रुपमा लिइन्छ’, सहायक प्रवक्ता नागिलाले भने ।

 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमध्ये भारतमा सन् २०११ मा २६ दशमलब पाँच प्रतिशत महिलाले खाता खोलेकामा सन् २०१७ मा बढेर ७६ दशमलब ६ प्रतिशत पुगेको छ ।

 

यस्तै भूटानमा २७ दशमलब ७ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगेका छन् । पाकिस्तानमा सन् २०११ मा मात्रै तीन प्रतिशत महिलाले बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा सन् २०१७ मा पुग्दा सात प्रतिशत पुगेका छन् ।

 

छिमेकी देश बङ्गलादेशमा सन् २०११ मा २६ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थामा आबद्ध रहेको र त्यो सङ्ख्या सन् २०१७ को अन्त्यसम्म बढेर ३५ दशमलब आठ प्रतिशतमा पुगेको छ । अफगानिस्तानमा सात दशमलब दुई प्रतिशत महिला मात्रै वित्तीय संस्थाको पहुँचमा रहेका छन् । यस्तै श्रीलङ्कामा ७३ दशमलब चार प्रतिशत महिला वित्तीय संस्थाको पहुँचमा छन् ।

 

अष्ट्रलियामा ९९ दशमलब दुई, अष्ट्रियामा ९८ दशमलब चार, बेल्जियममा ९८।८, चीनमा ७६ दशमलब चार प्रतिशत महिलाको पहुँचमा बैंक तथा वित्तीय संस्था रहेका छन् । यस्तै बेलायतमा ९६ दशमलब एक प्रतिशत ४, अमेरिकामा ९२ दशमलब ७ प्रतिशत मात्रै बैंकिङ पहुँचमा रहेका छन् ।

 

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले महिलालाई नै केन्द्रित गरेर खाता खोल्ने कार्यक्रम अगाडि सारेका छन् । राष्ट्रिय वाणिज्य बैंकले महिलालाई नै केन्द्रित गरे महालक्ष्मी बचत खाता कार्यक्रम सञ्चालन गरेको छ ।

 

कृषि विकास बैंकले एक घर, एक खाता हाम्रो अभियान सञ्चालन गरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि महिला केन्द्रित खाता कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यी विभिन्न कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा महिलाको पहुँच बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्