मुख्यमन्त्रीलाई अभद्र व्यवहार गर्दा स्थापितको मन्त्री पद धरापमा, के हो खास लफडा ?



 

प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले ।

 

मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी टेबुल ठटाउँदै चिच्याउन थाले । मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज समेत गरे । मुख्यमन्त्री चुपचाप बसेर सुनिरहेका थिए । दैनिक कामकाजका सामान्य विषयमा अाराेपित गर्दै उनी मुख्यमन्त्रीमाथि खनिएका थिए ।

 

‘केही कुरा छ भन्दै बोल्न थाल्नुभएका स्थापित मन्त्रीज्यू अभद्र शैलीमा प्रस्तुत हुनुभयो । मुख्यमन्त्रीज्यूलाई गालीगलौज समेत गर्नुभयो,’ अर्का एक मन्त्रीले  भने, ‘हामीले यो कुरा यहाँ नगरौं, यस विषयमा छुट्टै बसेर कुरा गर्दा उचित हुन्छ भन्यौं तर उहाँ टेबुल ठटाउँदै चिच्याउन छाड्नुभएन ।’

 

त्यसो त बैठकअघि मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच करीब डेढ घण्टा एक्लाएक्लै बसेर छलफल भइसकेको थियो ।

 

‘मुख्यमन्त्रीज्यूसँग बैठकअघि उहाँले करीब डेढ घण्टा बसेर छलफल गर्नुभएको रहेछ,’ ती मन्त्रीले भने, ‘त्यसका बावजुद् पनि बैठकस्थलमा उहाँको प्रस्तुति निकै अभद्र थियो ।’

 

मन्त्री स्थापितको कार्यशैलीबारे मुख्यमन्त्री पौडेल पहिलेदेखि नै असन्तुस्ट थिए । राम्रै बजेट भएको महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीले अपेक्षित काम नगरेको उनको गुनासो थियो ।

 

‘प्रदेशको झण्डै आधा बजेट त त्यही मन्त्रालयमा छ,’ उनले भने, ‘तर उहाँ मन्त्रालयमा नबस्ने, घुमेर मात्र हिँड्ने । मुख्यमन्त्रीज्यूले तपाईं मन्त्रालयमा बस्नुपर्‍यो, काम गर्नुपर्‍यो भनेर पटक–पटक ध्यानाकर्षण गराउँदै आउनुभएको थियो ।

 

त्यसअघि मन्त्रीपरिषद् बैठकमा सहकारी, दुग्ध विकास बोर्ड, एकीकृत बस्ती विकास लगायत ६ वटा एजेण्डामा छलफल भएको थियो । त्यसक्रममा स्थापितका सम्बन्धमा कुनै छलफल नै भएको थिएन ।

 

पछिल्लो समय मन्त्री स्थापित अर्को एक विषयमा पनि विवादित छन् । काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

 

आफूमाथि भएको दुर्व्यवहारविरुद्ध विश्वभरका महिलाहरूले प्रयोग गरेको ट्वीटर ह्यास ट्याग #MeToo मार्फत् प्रजापतिले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर स्थापितले आफूमाथि गरेको दुर्व्यवहारबारे अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् ।बुधवार मन्त्री स्थापित आफैंले यस विषयमा पनि बोलेका थिए ।

 

‘मिटू ह्यास ट्याग बारेपनि उहाँले कुरा राख्नुभयो । ती महिलाले मलाई लगाएको आरोपविरुद्ध अदालत जाने विचारमा छु भन्नुभयो,’ ती मन्त्रीले भने ।

 

स्थापितलाई हटाउने मनस्थितिमा मुख्यमन्त्री

एक्लाएक्लै बसेर छलफल गरेपछि पनि स्थापितको त्यस्तो शैलीबाट निराश बनेका मुख्यमन्त्री उनलाई मन्त्रीपदबाट हटाउने मनस्थितिमा पुगेका छन् । उनले यस विषयमा पार्टी नेतृत्व र प्रधानमन्त्री ओलीसँग पनि छलफल गर्दैछन् ।

 

‘एउटै मन्त्रिपरिषद्‌मा उहाँहरू दुईजना एकसाथ बसेर काम गर्ने अवस्था छैन अब । कि मन्त्रीज्यू रहनुहुन्न कि त मुख्यमन्त्रीज्यू,’ ती मन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्