छोरा नजन्मेपछि महिलाद्वारा आत्माहत्या ! सु-साइड नोट हेर्दा सबैको होस उड्यो !!



हाम्रो इकोनोमि

 

श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्बन्ध विच्छेद माग्ने, वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमानेपछि आत्मा हत्या गरेकी छन् ।

 

बडीगाड गाउँपालिका वडा न ९, साविकको दर्लीङ गाबिस वडा न १ निवासी डिल बहादुर मल्लकी ४३ वर्षिया श्रीमती गीता मल्लले गएराती झुण्डिएर आत्माहत्या गरेकी हुन् ।

 

साँझ श्रीमान सँगै खाना खाइन्, आफ्नो श्रीमानलाई बिस्तारासमेत लगिन र तपाई सुत्नुस् म टिभी हेर्छु भन्दै कोठाबाट बाहिरिएकी थिर्इन् ।

 

सधै टिभी हेरेर आएर सुत्ने भएको हुँदा श्रीमान पनि सुतेको र बिहान ३ बजे व्युँझेर हेर्दा श्रीमतीलाई नदेखेपछि श्रीमानले घर नजिकै रहेको कोठाको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछि स्थानीयलाई हार गुहार गरी बोलाएको वडा अध्यक्ष कृष्ण के.सी.ले बताए।

 

लगत्तै सबैजना जम्मा भएर ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरेका थिए । त्यस कार्यालयका प्रहरी नायव निरीक्षक भोजबहादुर बाँनियाले यस्तो घटना घटेको जानकारी दिए ।

 

अहिले बुर्तिबाङ ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली आएर मुचुल्का उठाई शवलाई पोस्ट्मार्टमका लागि बुर्तीबाङ स्वाथ्य केन्द्रमा केन्द्र लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए।

 

 

उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउदै श्रीमानलाई अर्को विवाह गर्न अनुरोध गर्दै आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनि बुबालाई अर्को विवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छन् ।

 

उनीहरुको एक छोरी मात्र रहेको र उनको केही समय पहिले गुल्मीमा बिहे भैसकेको थियो । गीताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन्।

सर्वोच्चका न्यायाधीशकी पत्नी ठूलो काण्डमा परिन्, हिरासतमा जाडो खाँदै

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छन् ।न्यायाधीश श्रीमान्‌को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो ।

 

ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहान पक्राउ पक्राउ परेका छन् । ललिता राउतकी अर्की भाउजु भोजकुमारी पोखरेल भने फरार छिन् ।

 

न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्केको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

 

एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमान अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त

एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमान अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको छ ।

 

दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर खादा दुर्घटना ग्रस्त भएको बताइएको छ ।

 

अन्तराष्ट्रिय मिडियाका अनुुसारकतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो ।

 

, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेपनि विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...