किन भएन प्रधानमन्त्री ओलीको अस्पतालबाट ‘डिस्चार्ज’, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) अस्पतालबाट ‘डिस्चार्ज’ पाएनन् ।

 

प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने चर्चा चले पनि अन्ततः आजै प्रधानमन्त्रीलाई डिस्चार्ज दिन नमिल्ने निष्कर्षमा अस्पताल पुगेको छ ।

 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि केहि दिन अस्पतालमा नै रहनु पर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालले बिहीवार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने स्पष्ट पारेको हो ।

 

प्रधानमन्त्रीको पछिल्लो रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्ट सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केहि दिन अस्पतालमा नै रहनुपर्ने डा. दिव्या सिंहले जानकारी दिएकी छन् ।

 

अहिले नै काममा फर्कने गरी स्वास्थ्य अवस्था तयार नभएको र केहि औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री केहिदिन अस्पतालमा नै बस्ने डा. सिंहले बताइन् ।

 

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

 

प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मृगौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा.अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य रहेका छन् ।

 

बुधबारबाट प्रधानमन्त्री ओलीको छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा संलग्न प्राडा. अरुण सायमीले जानकारी दिएका छन् । साथै प्रधानमन्त्रीले उपचार कक्षमा सामान्य हिँडडुल र खाना आफैले खान थालेको पनि डा .सायमीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...