दसैंमा सरकारी दनक, रक्सीको छनक, कृषि तथा पशुपन्छी सचिवलाई १५ लाखको ज्वोरो



 

सरकारी स्रोत र साधनको सदुपयोगका कुरा जोडतोडले चलिरहेको छ । तर, नेपाल
सरकारका सचिवले नै सरकारी गाडीमा छोरालाई मस्ती मार्न दिँदा एउटा ठूलै
दुर्घटना टरेको छ ।

 

कृषि तथा पशुपन्छी सचिव युवकध्वज जिसीले मन्त्रालयको बा.१झ ९९००
नम्बरको गाडी छोरालाई दिए, दसैंमा । एक जना ड्राइभरसमेत लिएर उनका
छोरा फूलपातीका दिन (३० गते) काठमाडौंबाट चितवन लागे । गाडी आफैँ
चलाए । गाडीमा सवार सचिवपुत्र र सरकारी चालक दुवैले मापसे गरेका थिए । त्यही गाडी
ठोक्किन पुग्यो, ९७ लाखमा हालै किनिएको टुरिस्ट बसमा । उक्त बस सडकभन्दा
केही पर पार्किब गरिएको थियो ।

 

चालक अर्थात् सचिवका छोरासँग लाइसेन्स थिएन ।
छोरा भाग्न खोज्दा भीडले घेरिएका कारण सकेनन् । छलफल हुँदा दुई लाख
रुपैयाँमा सहमति भयो । त्यति नभए छोड्दिन भने, गाडीवालले । त्यसबेला
युवकध्वज काठमाडौंमै थिए । उनले पैसा पठाए । र, गाडीबाट छोरा उम्किए ।
कारबाही बाँकी नै थियो ।

 

गाडी चलाउने सचिवका छोरा भागेपछि पेसेन्जरका रूपमा
बसेका ड्राइभर पक्राउ परे । त्यसमाथि गाडीको थप क्षति फेला प¥यो ।
अगाडिको भाग केही पनि काम नलाग्ने गरी भत्किएको रहेछ, जो सचिवपुत्र भागेपछि
पत्ता लाग्यो । उक्त सामान बाहिरबाट मगाउँदा ९ लाख लाग्ने, फिटिबसमेत
गर्दा १५ लाख खर्च हुने हिसाब आयो । तर, कसुदार २ लाख फ्याँकेर भागिसकेका थिए ।
उता, उद्योग मन्त्रालयमा विदेश जानेको लर्को छ । मन्त्री मात्रिका यादव र सचिव

 

 

यामकुमारी खतिवडा जेनेभाबाट आइतबार काठमाडौं फर्किए । उनीहरू
दसैंलगत्तै त्यता गएका हुन् । त्यहीबेला मन्त्रालयका तीन सहसचिव विदेश गए ।
शोभाकान्त पौडेल मात्र हुन् कतै नगएका । शत्रुघन पुडासैनी, मधु मरासिनी र
दिनेश भट्टराईले दसैं सदुपयोग’ गरे, विदेशमा । जेनेभा जाने कार्यक्रममा
मन्त्री जान जरुरी थिएन ।

 

सहसचिवसम्म पठाए हुन्थ्यो तर मन्त्री र सचिव नै गए ।
दिनेश उद्योग विभागका महानिर्देशक हुन् । तर, त्यहाँ गएर कुनै पनि काम गर्न
सकेका छैनन् । कर्मचारीलाई विश्वासमा लिन नसकेपछि मन्त्री उनलाई हटाउने
मनस्थितिमा छन् ।

 

 

त्रुघनलाई पठाउने खोले छ, यामकुमारीको । उनले
दिनेशलाई पठाउने बेलैमा शत्रुघनका लागि जोड गरेकी थिइन् । मन्त्रालयको
वैदेशिक लगानी शाखामा सुब्बा छन्, यज्ञ आचार्य । डिल्लीबजार मालमोत, कम्पनी
रजिष्ट्रार, वैदेशिक रोजगार विभागमा काम गरिसकेका उनी कतिसम्म चल्ताफिर्ता छन्
भने हाकिमलाई हप्काएर बसेका छन् । माओवादीसम्बद्ध कर्मचारी नेता हुन् ।
त्यस्तै, सिँचाइ मन्त्रालयमा साउनदेखि शुरु भएको सरुवा गर्ने लहर अझै
रोकिएको छैन ।

 

स्वास्थ्य मन्त्रालयमा डा.सुशील प्याकुरेल कामु सचिव भएर गएका छन् ।
पढेलेखेर के गर्नु, अडान र क्षमतामा एकदमै कमजोर देखिए । धेरैवटा जिल्ला
जनस्वास्थ्य कार्यालय चलाएको अनुभव छ । ११ औँ तह भएपछि मन्त्रालय छिरेका हुन्

 

लामो समय मन्त्री र सचिवको कुरा नमिलेर त्यसै अस्तव्यस्त मन्त्रालयमा यस्ता सचिव
गइदिँदा काम केही पनि अगाडि नबढेको कर्मचारी बताउँछन् । मन्त्री उपेन्द्र
यादव विदेश मात्र जाने । दसैंलगत्तै विदेश गएका उनी भोलि १५ गते फर्किंदै
छन् ।

 

 

यसअघि उनी विदेश गएर फूलपाती (असोज ३० गते) स्वदेश फर्किएका थिए ।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरण, अन्तर्राष्ट्रिय विमानस्थलका
महाप्रबन्धक राजकुमार क्षेत्रीले नामै तोकेर रक्सी मागेपछि व्यापारीबीच
हल्लिखल्ली मच्चिएको छ ।

 

पदको प्रभावलाई दुरुपयोग गरी ब्ल्यु लेवल, डबल
ब्ल्याक वा लण्डन ड्राइ जिन नै देऊ भनेर राजकुमारले दबाब दिनुलाई भने
राम्रो मानिएको छैन । व्यापारीबीच गन्थन चल्दा थाहा हुँदै गयो कि उनले चार
दर्जनभन्दा बढी व्यापारीसँग विजयादशमीका नाममा मदिरा उपहार मागेका रहेछन्

 

 

लामो समयदेखि अन्तर्राष्ट्रिय विमानस्थललाई कार्यक्षेत्र बनाएर व्यापार गरिरहेका
रैथाने व्यापारी र व्यवसायी राजकुमारका प्राथमिकतामा परेका हुन् । व्यापारीबीच
महाप्रबन्धकको मागबारे कुरा भएपछि एक व्यापारीले उनको मागबारे बताइदिए ।

 

 

त्यसपछि भने राजकुमारले आफूलाई मात्र नभएर नागरिक उड्डयन
प्राधिकरणदेखि मन्त्रालयसम्म उपहार तथा अन्य सहयोग गर्नुपर्ने भएकाले
मागपत्रको आकार बढेको भनी आफ्नो बचाउ गरेका थिए । त्यस्तै, कर्पोरेट
महाशाखाका प्रमुख रामचन्द्र सुवेदी र राजकुमारले राम्रै पैसा हात पारेर जताततै कुमारी
बैंकको चंगाको आकारमा विज्ञापन झुण्ड्याउन दिइँदा विमानस्थल नै कुरूप
बनाइएको छ ।

 

 

त्यस्तै, विगतमा बीमा संस्थान डुबाएका डा. शिवहरि श्रेष्ठलाई खाद्य संस्थानको
हाकिम बनाइएपछि उनले अन्त पनि आँखा लगाउन थालेका छन् । बिमा संस्थानमा
चार वर्ष प्रशासक हुँदा लेखा परीक्षण नगराएको, विभिन्न बैंकमा निक्षेप राख्दा
कमिशन खाएको आरोप उनीमाथि छ ।

 

अनियमितता आरोपमा गोपाल खड्का बर्खास्त
गरिएसँगै नेपाल आयल निगमको कार्यकारी निर्देशक पद रिक्त छ । उक्त पदको
१५ दिनको म्याद राखेर २९ भदौमा आवेदन माग गरेको थियो । डा. शिवहरिले
त्यहाँ पनि आवेदन दिन भ्याइसके ।

 

यही लाइनमा छन्, विगतमा वैकल्पिक उर्जा
प्रवद्र्धन केन्द्रमा बसेर अकुत कमाएका रामप्रसाद धितालसम्म छन् । यसरी त्यहाँ
आवेदन हाल्नेहरूमा श्रेष्ठसहित अनिलकुमार झा, मुकेश काफ्ले, रामप्रसाद धिताल,
डा. सरोज कोइराला (प्रत्यक्ष वैदेशिक लगानीमा नेपालबाट पहिलोपटक विद्यावारिधि
गर्ने), गोविन्दप्रसाद खरेल, रमेशकुमार बस्नेत, मंगललाल श्रेष्ठ, प्रलयंकर आचार्य

 

 

(आयल निगमकै कर्मचारी), नारद थापा, सुरेन्द्रकुमार पौडेल (उदयपुर सिमेन्ट
उद्योगका पूर्वमहाप्रवन्धक), तारानाथ पौडेल, अच्युत पहाडी, लोकबहादुर
खड्का, शिवराम यादव, गोवद्र्धन खड्का छन् । यी १७ मध्ये विगतमा सिक्टा सिँचाई
डुबाएर वागमती सिँचाईमा सरुवा भएका बहालवाला रमेशकुमार बस्नेतलाई
नियुक्तिको तयारी भइरहेको छ । उनी विक्रम पाण्डेका खास मान्छे हुन् ।

 

 

विगतमा राष्ट्रिय गौरवका आयोजना सिक्टा र रानीजमरामा सेटिबमा ठेक्का दिएका
बस्नेत अनियमितता काण्डमा मुछिएका व्यक्ति हुन् । उनलाई नेकपा बाँकेका
सांसद महेश्वर गहतराजले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ को निवासमै लगेर
नियुक्तिका लागि मोलतोल मिलाइसकेको बताइन्छ । निगमको कार्यकारी निदेर्
शकका लागि प्रिपेड घुसको जोहो गरिसकेको बताइन्छ । यस्तै, सुरेन्द्र
पौडेललाई पनि प्रवल दाबेदारको रूपमा हेरिएको आपूर्ति मन्त्रालयका कर्मचारी
बताँउछन् ।

 

उनलाई महेश बस्नेतको साथ छ । विगतमा महेश बस्नेतले नै उदयपुर
सिमेन्ट उद्योगका महाप्रबन्धक बनाएका थिए । तिहारअघि यीमध्ये ५ जनाको
नाम मन्त्रिपरिषद्मा पठाइने उद्योग तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज
ढकालले जनआस्थालाई सुनाए । बेलामा नगरे फुर्सदमा पछुतो

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ