उसै त लाल, कस्तो अबको चाल ?



 

उसै त खुला सिमाना, त्यसमाथि मुस्लिम मुख्यमन्त्री । गतसाता जनकपुर पुगेर
नेकपा अध्यक्ष प्रचण्डले लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न
चेतावनी नै दिनुपर्ने स्थिति आयो । यसको भित्री कुरासँग छिमेकी मुलुक र प्रदेशको
आन्तरिक राजनीतिक सन्तुलन पनि जोडिएको छ ।

 

 

मुख्यमन्त्री राउतको सम्बन्धका हिसाबले अहिले उनलाई समर्थन गर्ने
पार्टी राजपासँग पनि उस्तो राम्रो छैन । केन्द्रीय सरकारसँग टक्कर र समर्थन दिने
पार्टीसँग बेमेल भएपछि के हालत होला ? जातीय हिसाबले पनि त्यस्तै गतिविधि
जारी छ ।

 

भरमार मदर्सा बोर्डको गठन र मुस्लिम आरक्षणमा वृद्धि गरिँदै छ । राज्यले
मुस्लिम समुदायका लागि जनसंख्याको अनुपात मिलाएर अलग्गै आरक्षणको व्यवस्था
पहिल्यै गरेको हो । उही जनसंख्या, उही भूगोल भएको २ नं. प्रदेशले
मुस्लिमका लागि मात्र आरक्षण प्रतिशतमा वृद्धि गर्दा अरू समुदायका हित पक्षधर,
शुभचिन्तकहरू नै यस्तो ।।।अति’ बाट झस्किने स्थिति बनेको छ । २ नं. प्रदेशमा
भइरहेको ।

 

अति’ ले केही दिनमै ।।।खति’ ल्याउने खतरा छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पहाडे समुदायबाट टाढा
भइसकेको छ । पोहोरको निर्वाचनमा उसले पहाडबाट पनि उम्मेदवार उठाएको
थियो, तर धेरैजसो ठाउँमा जमानत पनि जोगाउन नसक्ने गरी दुर्गती व्यहो¥यो ।
पार्टी वरिष्ठ उपाध्यक्ष अशोक राईपत्नी सुशीलाको नाम समानुपातिक उम्मेदवारको
सूचीमा थियो । त्यो नाम काटेर एकजना कर्णेलपत्नीलाई खस कोटाबाट सांसद

 

बनाइयो । काठमाडौं उपत्यकामा नेवारको समर्थन थियो भनौँ, राजेन्द्र
श्रेष्ठलाई मन्त्रीमा पत्याएनन् । लालबाबुका गतिविधिले मधेसी सेन्टिमेन्टभित्र
पनि विशेषतः मुस्लिम समुदायको मन जित्ने सम्भावना भने छ । उता, यी गतिविधिले
मधेसमा हिन्दू सेन्टिमेन्ट जाग्ने भयो ।

 

मुस्लिम मात्र बोक्ने कुरा भारतलाई
पनि रुचिकर हुने भएन । उसै त दुई नम्बर प्रदेशको मुख्यमन्त्री भर्सेज केन्द्र
सरकार लिरहेको छ । अब उपेन्द्रले लालबाबुलाई ।।।तिमीले नछाड्दा नेकपाले
दिएको समर्थन फिर्ता हुने भयो ।

 

यसको असर केन्द्रदेखि नै पर्ने भयो’ भनेर
केही दिनमै हातखुट्टा छाड्ने खतरा छ । यस्तो हुँदै छ कि, शरद्सिंह भण्डारीले
रक्षामन्त्रीको हैसियतमा ०६८ फागुनमा मधेसका २२ जिल्लाले निर्णय गरेर
नेपालबाट अलग हुनसक्ने र यसो गर्दा कुनै ऐन, कानुनले छुन नसक्ने बताउँदा
पद त्याग गर्नुपरेजस्तो ।

 

भारत कम्तीमा मार्च २०१९ सम्म यो सरकार ढाल्नेमा लाग्छजस्तो देखिँदैन ।
किनभने, त्यहाँ पाँच वर्षे चुनाव हुँदै छ । यता उसको साथ–समर्थन रहेको राजपाले
पनि ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने सम्भावना छैन ।
किनभने, ऊभित्रैको व्यवस्थापन मिलाउनु छ । महाधिवेशन गर्नु छ । महन्थ
ठाकुरले अध्यक्ष छोड्न मानेका छैनन् ।

 

राजेन्द्र महतो कार्यकारी अध्यक्ष हुने
ध्याउन्नमा छन् । बहुअध्यक्षीय प्रणालीमा नजाने महतो रणनीति छ ।
उता, मोदी विपक्षीहरूको गठबन्धन बनेरै आयो भने पनि फेरि
प्रधानमन्त्री हुँदै छन् । अहिलेको भन्दा परिणाम खस्किए पनि उनलाई फरक
पर्ने अवस्था छैन ।

 

बरु, नेकपाभित्र केपी र प्रचण्डबीच द्वन्द्व चर्काउने खेलो शुरु हुँदै छ ।
यसका लागि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरूलाई एउटा कित्तामा
उभ्याउने गरी गृहकार्यसमेत भएको छ ।

ब्यारेकभित्र लास बेवारिस

अन्तिम राणा प्रधानमन्त्री मोहनसमशेरको महाराजगञ्जस्थित दरबार, अर्थात्
लक्ष्मी निवासबाट फेरि विरक्तलाग्दो खबर आएको छ ।
सशस्त्र द्वन्द्वकालमा ४७ बन्दी बेपत्ता पारिएको उही भैरवनाथ गणमा फेरि
एकजना महिलाको काण्ड मच्चिएको हो । दुई हप्ताअघि पिटी परेड खेल्दा
खेल्दैकी एउटी सिपाही अहिले समातिएकी छन् ।

 

उनले आफ्नो गर्भमा रहेको
सम्भवतः अवैध) आठ महिनाको शिशुलाई व्यारेकभित्रै जन्माइन् र त्यहीँको
फोहोर फाल्ने ठाउँमा फालिदिइन् । यस्तो घटना भएपछि तत्काल उनलाई
अस्पताल पु¥याइयो र अब हिरासतमा राखेर प्रचलित कानुनबमोजिम कारवाहीको तयारी
भइरहेको छ । गणभित्र यत्रो घटना भयो । तर, यसबारे चाल नपाउने हाकिम पनि
त्यहीँभित्र हुँदारहेछन् ।

 

भैरवनाथ गण (लक्ष्मी निवास) नेपालको इतिहासमा महŒव राख्ने एउटा
ऐतिहासिक भवन पनि हो । ०७२ को भूकम्पले अस्थिपञ्जरमात्र बाँकी राखेर पुरानो
भवन हल्लाएको थियो ।

 

त्यसको निर्माणकार्य शुरु पनि भएको छ । तर, सेनाको
निवर्तमान नेतृत्वले लक्ष्यअगावै बजेट रित्याइदिँदा लक्ष्मी निवास पुनर्निर्माणसहित
भद्रकालीस्थित जंगी अड्डा र प्रधानसेनापतिको सरकारी आवास शशि भवनको
पुनर्निर्माण कार्य पनि धीमा गतिमा अघि बढेको छ ।

 

कतिसम्म भने, जंगी अड्डामा कागजी रूपमा हेर्दा ठेक्का एउटालाई
प¥यो, कामचाहिँ अर्कैले ग¥यो । त्यहाँको आन्तरिक रंगरोगन र सजावटका लागि
केसी कन्स्ट्रक्सनका नाममा परेको ठेक्का, कामचाहिँ निवर्तमान प्रधानसेनापति
राजेन्द्र क्षत्रीका छोराले वीरगञ्जका सुमित साह नामक ठेकेदारलाई लगाए । अर्थात्,
केसीलाई मोहोरामात्र बनाइयो ।

 

शशी भवनमा उस्तै जात्रा छ । एउटालाई ठेक्का
पारेर कामचाहिँ भाञ्जा यादव कुँवरलाई दिइयो । फलस्वरूप त्यहाँको
झ्याल, ढोका, गाह्रो चर्किएका छन् । पानी र शीत चुहिएर हैरान छ ।
त्यस्तै, बढुवाको लफडा पनि छ । दुई तारे (मेजर जनरल) का लागि
शैलेन्द्रसमशेर थापा र सञ्जयसिंह भण्डारीको हकमा अनलाइन सर्टिफिकेटलाई
मान्यता नदिने नीतिका कारण अर्को लफडा शुरु हुँदै छ ।

 

उता, बालाजुस्थित नं. १ बाहिनीपतिबाट सरुवा भई कल्याणकारी निदेर्
शनालयमा आएका तारादेव पाँडेको आतंक शुरु भइसक्यो । चिफसा’ब मेरो
गाउँले, म कल्याणकारीको हाकिम, हुनेवाला चिफ’ भन्दै सेनाको पैसा राखिएका
बैंकहरूबाट राम्रैखाले दशैँ कोसेली असुलेको खबरले जंगीअड्डा गर्माएको छ
। उनीमाथि अत्यधिक मापसे गरेर घर नगएको आरोप पनि लागेको छ ।
अनुज बस्न्यातले कार्यकाल अनेक गरेर थपाए पनि बढुवाको सिफारिसमा परेनन्

 

उनी भाग्यमानी नै हुन्, जसले अंग्रेजी स्टाफ कलेजलाई नेपालीमा गर्न
पाउने बनाई वार कलेज गर्न चीन जाने मौका पाएका थिए । उस्तै परे, एक–दुई
नम्बरमै बढुवा भेट्टाउँछु भन्ने उनको सपना भष्म भएको छ । अर्का बस्नेत छन्,
शेखर । उनलाई पनि यस्तै दशा लाग्ने खतरा छ । रायमाझीकी छोरी विवाह गरी
अलग्गै चुरिफुरी थियो ।

 

सैनिक श्रीमती संघको रिस पनि यसैमा मिसिएको छ ।
संघको नाममा सपिब गराउने, माइती, अस्पताल, शान्ति सेनाको कोटा दुरुयोगजस्ता
आरोप आफ्नै ठाउँमा छ र उनी मंसिरमा घर जाने भएका हुन् ।
अब सेनाको बढुवाका लागि फास्टट्रयाकको कोटा २० प्रतिशतमा झर्ने र
वरिष्ठताले ८० प्रतिशत मौका पाउने भएको छ ।

 

तक्माको नम्बर काटिने गरी नया नीति बनेको छ । बजेट महाशाखाका हाकिम जर्नेल भुवन अधिकारीबाट फेबरगरिएकी मेजरले भर्खरै (हालै डिएमओ अप्रेसन पोष्टिब भएको) लेअफिसियल सिफारिसबिनै तक्मा पाइन् ।

 

तर, अब तक्मा जसरी पाए पनि नम्बर नपाइने भएपछि
मेहेनत खेर जाने भएको छ । राष्ट्रपति कार्यालयमा कार्यरत प्रमुख सेनानी दिवाकर
राणा त्यस्ता भाग्यमानी अफिसर हुन्, जसले वर्षेनी तक्मा पाउँछन् । निवर्तमान

 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले गत मंसिर ६ गते भुवन अधिकारीलाई दुई तारे
जर्नेलमा बढुवा मात्र दिएनन्, विगतमा लेफिट्नेन्ट कर्णेलले चलाउने बजेट
महाशाखा दुई तारे जर्नेलले नै चलाउन पाउने बनाइदिए । डिजिएमओ, अर्थात्
युद्धकार्य महानिर्देशनालयको बजेटको काम पनि भुवनले योजना बनाउन र खर्च
गर्न पाउने व्यवस्था मिलाइदिएर राजेन्द्र घर गएका थिए ।

 

उनको पालाका सैनिकसचिव खड्ग मल्लमार्फत चिठी लेखाएर त्यस्तो व्यवस्था मिलाइएको हो । भुवन अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाका मामा नाता पर्छन् । अघिल्लो
प्रधानसेनापतिले दिन नमिल्ने अधिकार दिएका छन् । अब त्यो फिर्ता हुन्छ कि
हुँदैन ? चासोपूर्वक हेरिएको छ ।

 

त्यस्तै, राजेन्द्र क्षत्रीले जातेजाते तीन सय जनालाई हचुवाको भरमा बढुवा
दिएका थिए । अब ती बढुवा के हुन्छन् ? यसमा पनि उत्तिकै चनाखो भएर सैनिक
मुख्यालयभित्र हेरिँदै छ । यसबीच, सर्टिफिकेट काण्ड लाग्ने भएपछि जर्नेलद्वय
गणेश कार्की र कृष्ण गुरुबले राजीनामा दिएका छन् ।जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
बाग्मतीमा एमालेका ६ मन्त्रीको नाम फाइनल

    बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लागेको छ

९ लाख लेनदेन भएको मुकुल ढकालको दावी

    उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले

बागमतीमा मन्त्रालय भागबन्डाको सहमति

    वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

  नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९