यो पढेर रुन पाइँदैन नी ! किनभने आमालाई थाहा थियो अगाडि के हुँदैछ



 

जापानका एक पाँच वर्षीया बालिका दैनिक विहान ६बजे उठ्छिन् र किचनमा गएर आफ्नी आमालाई मनपर्ने मिसो सुप बनाउँछिन्। तर उनकी आमा यो दुनियामा छैनन्। तै पनि उनले आफ्नी आमालाई मनपर्ने सुप बनाउन छोड्दिनन्। यी सबै कामकालागि ती बालिकाको तालिम त्यतिबेला सुरु भयो जतिबेला उनी मात्र पाँच वर्षकी थिइन्।

 

यो सबै कुरा उनलाई उनकी आमाले नै दिएकी थिइन् किनभने आफ्नो निधनपछि घरको सबै काम छोरीले नै गर्न सकून। उनकी आमाको निधन २००८ मा ब्रेस्ट क्यान्सरबाट भएको थियो।

 

यो घटना जापनको फुकोका शहरकी हाना यसुटेक नाम गरेकी यस्ती बालिकाको हो जो पाँच वर्षको उमेरदेखि यी सबै जिम्मेवारी निर्वाह गरिरहेकी छन्। जसका विषयमा उनकै उमेरका बच्चाले सोच्नसमेत सक्दैन।

 

बालिकालाई यी सबै काम गर्न उनकै आमाले सिकाएकी थिइन्। र उनी यसै काम यसकारण गर्थिन किनभने आमाको अन्तिम अवस्थमा आफ्नो हेरचाह आफैं गर्ने वाचा गरेकी थिइन्। हानाकी आमाको नाम ची थियो, जसलाई २००० मा २५ वर्षको उमेरमा ब्रेष्ट क्यान्सर भएको थाहा भएको थियो।

 

चीलाई क्यान्सर भएको थाहा हुँदा हुँदै हानाका बुवा चीसँग विवाह गर्न तयार भए। सही समयमा उचित उपचार पाएका कारण एक वर्षमा चीको क्यान्सर पूरै निको भयो।

 

केही समयपछि ची गर्भवती भइन्। डाक्तरले उनलाई बच्चा जन्माउने हो भने फेरि क्यान्सर हुन सक्ने चेतावनी दिए। डाक्टरको यो गम्भीर चेतावनीलाई बेवास्ता गर्दै चीले छोरीलाई जन्म दिइन्।

 

फेब्रुअरी २००३ मा हानाको जन्म भयो र परिवार पूरा भयो। यद्यपी यो परिवारमा खुशी केही समयसम्ममात्र टिक्यो। किनभने हाना ९ महिनाकी हुँदा उनकी आमालाई फेरि क्यान्सर भयो। डाक्टरले उनलाई केही वर्षमात्र बाँच्न सक्ने बताए।

 

आफ्नो विरामी फेरि बल्झेको थाहा पाएकी चीलाई आफ्नो निधनपछि छोरीको हेरचाह कसले गर्छ भन्ने कुराले सताउन थाल्यो। त्यही कारण उनले हानालाई सबै कुरा सिकाउन थालिन्। जुन काम जीवनरभर काम आउने थियो। उनले हानालाई खाना पकाउन, कपडा धुन तथा घरको सरसफाइ गर्नेजस्ता काममा हाना निपूर्ण हुन पुगिन्।

 

हानाको पाँचौं जन्म दिनमा चीले छोरीलाई उपहार स्वरुप किचनमा लगाउने एप्रिन कपडा दिइन् र विहान दैनिक ६ बजे आफूसँग उठाउन थालिन्। केही समयपछि नै हाना भात, सोयाविन र मिसो सुप जस्ता परिकार बनाउन सक्ने भइन्। उनले चाँडै कपडा धुन र सरसफाइ गर्न पनि सिकिन्।

 

फेब्रुअरी २००८ मा सामाजिक संजालमा चीले एक स्टाटस पोस्ट गरिन् जसमा लेखिएको थियो–मलाइ क्यान्सर होस् वा नहोस् यदि म मरे भनेपनि मलाइ कुनै पश्चाताप हुनेछैन।’

 

यो स्टाटस लेखेको केही समयपछि नै चीको २००८ मा ३३ वर्षको उमेर क्यान्सरका कारण निधन भयो। आमाको निधन भएपछि पनि छोरीले आमाले सिकाएको काम गर्न छोडिनन्।

 

हाना दैनिक विहान ६ बजे उठ्छिन् र सबैभन्दा पहिला आमाले जस्तै गरी सुप बनाउँछिन्। जब हानाका बुवा शिंजोले पहिलो पटक हानाले बनाएको सुप खाए तब उनी छक्क परे किनभने चीले बनाएजस्तै थियो।

यो हो विश्वकै ठूलो विमानस्थल,

 निर्माण खर्च १२ अर्ब डलर

यो विश्वकै ठूलो विमानस्थल हो । भर्खरै बनेको हो । पूर्ण रुपमा सञ्चालनमा समेत आएको छैन । र यो विमानस्थल टर्कीमा छ । टर्कीले आफ्नो ९५‌‍‍‍औँ स्थापना दिवसको अवसर पारेर विश्वकै सभैभन्दा ठूलो विमानस्थल सोमबार सञ्चालनमा ल्याएको हो ।

 

राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५औँ स्थापना दिवसको अवसर पारेर यो विमानस्थलको उद्घाटन गरेका हुन् ।

 

करिब १२ बिलियन (१२ अर्ब) डलरमा विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।

 

७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलबाट दैनिक दुई लाख यात्रुहरु आवातजावत गर्न सक्ने टर्किस अधिकारीहरुले बताएका छन् ।

 

विमानस्थलको टलिप आकारको कन्ट्रोल टावारले सन् २०१६ मा बर्लिनमा भएको विश्व अर्किटेक्चरल फेस्टिभलमा ‘फ्यूचर प्रोजेक्ट–इन्फ्रास्ट्रकचर’ पुरस्कार जितेको थियो ।

चोर पक्राउ गर्नु पर्ने प्रहरी नै चोर, नेपाल प्रहरीका तीन जवान पक्राउ

प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो ।

 

पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ ।

 

घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका