रबिन्द्र मिश्रको २० रोपनी जग्गामा १६ करोडको घर



 

रबिन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा पोखरा बाट एउटा स्टाटस लेखे ‘२० रोपनी जग्गामा १६ करोडको घर ! के हो वास्तविकता ?’ पोखरामा मलाई सोधिएको प्रश्नको जवाफ (सक्दो सेयर गरिदिनुभए आभारी हुनेछु) भन्दै भिडियो पोष्ट गरे भने यो कुरा सबैलाई थाहा होस । २० रोपनीमा १६ करोडको घर बारे वास्तविकता के हो त ? आफैले प्रस्ट्याएका छन पुर्व पत्रकार तथा विवेकशील साझाका संयोजक रबिन्द्र मिश्र ।

 

 

मिश्रलाई कार्यक्रममा सहभागीले प्रश्न गरेका छन २० रोपनी जग्गामा १६ करोडको घर बारे कुरा के हो ? रबिन्द्रको जवाफ छ २० रोपनी त २ रोपनी पनि छैन जहाँसम्म १६ करोडको कुरा छ त्यो त्यति होइन मेरो पैतृकसम्पति बिबिसीमा कमाएको र बेलायतमा भएको घर बेच्दा आएको नाफा, बैंकको ऋण र दिदि भिनासँगको ऋणले त्यो घर बनेको प्रष्ट पार्दै भने अरुको बारेमा समाचार लेख्दा त्यो समाचार भित्र आफुँलाई हेरेर लेख्न अनुरोध पनि गरेका छन् । बाँकी  हेर्नुहोस:

 

रवीन्द्र मिश्रको खेदो खन्नेहरु प्रति समर्पित

–सरगम भट्टराई

-संबिधान आफै बनाउने तर अन्त्यमा त्यसैलाई जलाउनेहरु मध्येका रवीन्द्र मिश्र होईनन् । न त उनी कुनै अदृश्य शक्तिका खेताला नै हुन्।न त उनले समाज भँडाएका छन्, न त सम्पदा डढाएका छन्।

 

 

– उनले डलर कमाउन आफ्नो मेहनत र क्षमता प्रयोग गरेका हुन्, आफ्नो ईमान बेचेका पनि होईनन्। बिष्वकै प्रतिष्ठित र स्वतन्त्र संचार मिडियामा काम गर्नु दलाली गर्नु होईन, ग़ुलामी गर्नु हैन अरु कसैको क्षमता भए पनि मजाले त्यस्तो जागिर खाए हुन्छ। उनले जागिर गरेकै भरमा उनलाई क्रिश्चियनको दलाल करार गर्ने हो भने अरबमा काम गर्ने दशौँ लाख नेपालीहरुलाई मुश्लिमको दलाल मान्ने हो र?

 

 

– रवीन्द्र मिश्रलाई देवत्वकरण गर्न त जरुरी छैन तर पनि समकालीन राजनीतिज्ञहरु मध्ये उनको तुलना कसैसंग हुन सक्दैन, किनकी उनले राज्यबाट केहि लिएका छैनन् बरु दिएका नै छन्। चप्पल लगाउन नपुग्नेहरुको रातारात राजकुमार जस्तो ठाँट कसरी भयो भनेर प्रश्न गर्नु उनको गल्ती हो?

 

 

– उनले न त कुनै सशस्त्र क्रान्तिको कुरा गरेका छन् न त कुनै ब्यक्ति बिशेषलाई सरापेकै छन्। समग्र राजनीति ख़राब भयो, यसलाई सुधारौँ, तपाईहरु नसुध्रिनाले हामी राजनीतिमा आउनुपर्यो भन्नु कहाँ निर ग़लत हो?

 

 

– राज्यमा सबै जनता नेता वा सबै जनता छापामार या बिद्रोही हुदैनन्, क्रान्तिमा सबै क्षेत्रले सहयोग नगरे त्यो भ्रान्ति हुन्छ,सबैले बिभिन्न स्वरुपले क्रान्तिमा सहयोग गर्ने हो। वि.वि.सी.मा बसेर नेपालको बिकृत राजनीतिबारे संचार माध्यममा निरन्तर कटाक्ष गर्नु,मानवअधिकार बारे बोल्नु, ग़ैर जिम्मेवार नेताहरुलाई खबर्दारी गर्नु पनि क्रान्ति हो कि हैन? के बन्दूक़ बोक्नु मात्र क्रान्ति हो?

 

 

– अहिले रवीन्द्र मिश्रलाई साथ दिनेमा लेखक, पत्रकार, प्राज्ञ तथा बौद्दिक बर्ग, युवा जमात, प्रवासी नेपाली र स्वतन्त्र ब्यक्तिहरु सबैले आ आफ्नो क्षेत्रबाट राजनैतिक परिवर्तनमा सहयोग गरेका हुन्, आज बिचार परिवर्तन गर्दैमा उनीहरुको भूमिका नरहने भन्ने हुन्छ? क्रान्ति भनेको मान्छे मार्नु या जेल बस्नु मात्रै हो?

 

 

– रवीन्द्र मिश्र राजनीतिमा नयाँ भए पनि अन्तराष्ट्रिय राजनीतिको अध्ययन गरेको र बुझेको मान्छे हुन्, उनमा सही राजनीति गर्ने क्षमता, योग्यता दुबै छ। उनी निष्कलंक मान्छे हुन्।जहाँ सम्म गणेशमानको बिराशत भजाएर प्राण धानेका प्रकाशमानहरु भन्दा त उनी सय गुना अब्बल छन्।सय गुना प्रतिबद्ध छन्।

 

 

– प्रवासमा बसेर यहाँको यत्रो बिकासको छलाँग देखेर पनि वास्तविक विकृति जान्दा जान्दै पनि टेस्टेड र एक्सपायर्ड नेताहरुको ग़ुलामी गर्नु भन्दा हामी बरु नष्ट होऔँला तर भ्रष्ट हुनेछैनौँ, हामीलाई बिश्वास गर्नुहोस्, हामी देश बदलेरै छाड्छौँ भनेर अहिले सम्म निष्ठा नछोडेका रवीन्द्रहरुको समर्थनमा नीलों प्रोफ़ाईल गराउन जुन सुकै मानेमा ठिक छ।

 

 

– परिवर्तनको लम्बेतान गफ गर्ने तर परिवर्तन आफैलाई मात्र गरेका,राजनीतिलाई लाजनीति बनाएर खुलेयाम दण्डहीनता हुलेका, देश र जनताको लागि केहि नगरेका, नारायणहिटी भत्काएर त्यसको अवशेष दिल्ली दरवारमा बुझाएका बेकामे,छली,ढोँगी,अष्पष्ट र उन्मत्त नेतृत्वको कलो खाने कुत्ता हुनुभन्दा नयाँ उद्घोष र जोशका साथ यहि ब्यवस्थामा रहेर अवस्था सुधार्न कटिवद्द रवीन्द्रहरुकै फोटो राखेर प्रोफ़ाईल निलो गराउन गर्व लाग्छ हामीलाई।

 

– भोलि रवीन्द्रले बाटो बिराउन थाले पनि उनलाई सहि मार्गशीर्ष डोर्याउन र सचेत बनाउन सक्ने ल्याकत र ताक़त दुबै छ हामीमा। यद्यपि जीवनको यो मोडसम्म बाटो नविराएका रवीन्द्र, सूर्यराज, किशोर र उज्वलहरु प्रकाशमानहरु जस्तो कसैको बिरासतमा पूरै ज़िन्दगी बिताउन हैन आफ्नै बल बुताले देश परिवर्तन गर्ने क्षमता राख्छन्।

 

– रवीन्द्र मिश्र नेपाली राजनीतिका एउटा तारा हुन्, यदि प्रत्यक्ष कार्यकारी प्रमुखको ब्यवस्था हुन सकेछ भने उनी पनि एक बलियो उमेदवार बनेर उदाउने कुराको प्रक्षेपण गर्नु पनि अतिशयोक्ति हुदैन।

 

– रवीन्द्रहरुको रहर कहिल्यै नमरोस्, उनको निष्ठाले कहिल्यै नहारोस्।उनका बारेमा नकारात्मक बोल्नेहरु समय सन्दर्भ आएपछि लुसुलुसु दुलो भित्र पसेको देख्न पाईयोस्।

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमाले रवि लामिछानेसँग किन तर्सिएको : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको

दुर्घटनामा फुटबल खेलाडी कपिलवस्तुको निशान न्यौपानेको निधन

  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो। 

रविमाथिको अनुसन्धानमा प्रचण्ड बोल्नु गलत : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

रौतहटमा स्कारपियो दुर्घटनामा ८ जनाको मृत्यु

  रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच