सम–सामयिककस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ? अस्पतालले जारी गर्‍यो यस्तो विज्ञप्ति



हाम्रो इकोनोमि

 

त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार बिहान १० बजे विज्ञप्तिमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जानकारी गराएको हो ।

 

अस्पतालका कार्यकारी निर्देशक उत्तम कृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको आज विहान रगत परिक्षण तथा छातीको एक्स–रे आदीको रिपोर्टहरू सकारात्मक रहेको र स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको उल्लेख छ ।

 

सोमबारदेखि प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरुण सायमीको संयोजकत्वमा प्रा.डा. दिब्या सिंह शाह र डा. सन्तकुमार दास सम्मिलित टोलीले उपचार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

 

छातीमा संक्रमण भएपछि प्रधानमन्त्री ओली सोमवार विहानदेखि काठमाडौंको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।

 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सोमबार भन्दा मंगलबार सुधार भएको छ । ओलीले सोमबार बेलुका र मंगलबार बिहान झोलिलो पदार्थ खाएका छन् ।

 

ओलीलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । उनलाई ७२ घन्टा अब्जरभेसनमा राखिने छ ।

 

दशैंको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...