गोरूसिंगेमा बस र टिपर ठोक्किदा तीनजनाको मृत्यु, ३३ जना घाइते



हाम्रो इकोनोमि

 

पूर्व-पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोक्किदा तीनजनाको मृत्यु भएको छ ।

 

दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

 

दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...