राष्ट्रपति भण्डारीले कात्तिक १२ देखि कतारको भ्रमण गर्ने



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् ।कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुनेछ । त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

 

मन्त्रिपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...