विष्ट तत्काल अदालत नजाने, मन्त्रिपरिषदमै पुनर्वहालीका लागि पुनरावेदन गर्ने



हाम्रो इकोनोमि

 

बिहिबार साँझ बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट तत्काल अदालत नजाने भएका छन् ।
यसअघि विष्टले आइतबार अदालतमा गई पुनर्वहालीका लागि रीट दायर गर्ने भनिएपनि उनी तत्काल अदालत नजाने भएका हुन् ।

 

आइतबार अपरान्ह  कुरा गर्दै पूर्व एसपी दिल्लीराज विष्टले आफू तत्काल अदालत नजाने बताएका हुन् ।

 

अदालत जानुभन्दा पहिले आफूसँग सरकारसँग पुनरावेदन गर्ने अधिकार सुनिश्चित रहेको भन्दै पहिले क्याबिनेटमा नै पुनर्वहालीका लागि पुनरावेदन गर्ने विष्टले बताए । प्रहरी नियमावलीमा के छ पुनरावेदनसम्बन्धि व्यवस्था ?

 

प्रहरी नियमावलीको नियम ११९ मा सजाय दिने र पुनरावेदन सुन्ने अधिकारीबारे स्पष्ट पारिएको छ । यस नियमको उपनियम ८ मा प्रहरी उपरीक्षक वा एसपीको बर्खास्तीबारे लेखिएको छ ।

 

नियमको उपनियम ८ (ग) मा एसपीलाई सरकारी सेवाबाट बर्खास्त गर्ने अधिकार गृह मन्त्रालयको सचिवलाई दिइएको छ । तर, गृहसचिवको यस निर्णयलाई पनि मन्त्रीपरिषद् बैठकले उल्टाउन सक्ने अधिकार प्रदान गरिएको छ ।

 

तर कुनै प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त गर्नुभन्दा पहिले स्पष्टीकरणको मौका दिनुबारे नियमावलीमा उल्लेख छ । प्रहरी नियमावलीको नियम ११५ मा सेवाबाट किन नहटाउने भन्ने आशयको स्पष्टीकरण सोध्नुपर्ने हुन्छ ।

 

पहिलो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा दोस्रोपटक पुनः स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । त्यसरी दोस्रोपटक स्पष्टीकरण सोध्दापनि चित्तबुझ्दो जवाफ नआएमा भने नियम ११६ प्रयोग गरी सजायको आदेश दिनसक्ने प्रावधान राखिएको छ ।

 

अहिले गृहसचिवले आफ्नो यही अधिकार प्रयोग गरी इन्स्पेक्टर जगदीशप्रसाद भट्ट र एसपी दिल्लीराज बिष्टलाई बर्खास्ती गरेको छ । तर गृहसचिवले गरेको बर्खास्तीमा आफूलाई चित्त नबुझेमा बर्खास्तीमा परेकाहरुले मनत्रीपरिषद्सामु पुनरावेदन गर्न पाउनेछन् । यही अधिकार प्रयोग गर्दै विष्टले पहिले मन्त्रीपरिषद्मा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

 

‘कहिले गर्नु हुन्छ त मन्त्रीपरिषद्मा पुनरावेदन’ भन्ने  प्रश्नमा तत्कालीन एसपी विष्टले आफूले हतार नगर्ने पनि बताए ।

 

‘पुनरावेदन गर्न पाउने मेरो कानुनी अधिकार छ र म त्यही कानुनी बाटो भएर न्याय माग्नेछु । त्यसका लागि म कानुनी सल्लाहकारसँग छलफलमा छु,’ विष्टले बताए ।

 

‘सरकार (सरकार)ले न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने म माथि लागेको आरोप पनि सरकारले पुष्टी गर्न सक्नुपर्छ ।

 

आरोप लगाउँदैमा सबै आरोप पुष्टी हुन सक्दैन । काम गर्दा कहीँ प्राविधिक त्रुटी भयो होला, तर त्यसलाई नियतवश भनेर शंका गर्दै बर्खास्तीसम्म गर्नु न्यायिक काम हुन सक्दैन । त्यसकारण मैले पुनरावेदन गरेपछि सरकारले न्याय दिन्छ भन्नेमा म विश्वस्त छु,’ विष्टले भने ।

 

तर सरकारले न्याय दिएन भने के गर्नुहुन्छ नि भन्ने रातोपाटीको प्रश्नमा पहिले सरकारको निर्णय कुर्न आग्रह गरे । ‘मलाई सरकारले न्याय दिन्छ भन्ने विश्वास छ । सरकारबाट पनि न्याय नपाएमा अदालत जाने कुरा त छँदैछ । तर पहिले म जहाँ जानुपर्ने हो त्यहीँ (मन्त्रीपरिषद्मा पुनरावेदन) जान्छु र त्यहाँबाट न्याय नपाए मात्रै अन्यत्र (अदालत) जाने हो,’ उनले भने ।

 

बिहिबार गृह मन्त्रालयले बर्खास्तीको निर्णय गरेसँगै विष्टसँग सरकारसमक्ष पुनरावेदन गर्ने समय ३५ दिन हुनेछ । आफूले चिठी बुझेको मितिदेखि ३५ दिन पुनरावेदनको समय भएकाले कानुनी सल्लाह लिएर मात्रै उनी पुनरावेदन गर्ने र अदालत जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...