अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ११ जनाको मृत्यु, २ गम्भीर



हाम्रो इकोनोमि

 

अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा भएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो ।

यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् ।

पूजास्थलमा प्रार्थना चलिरहेका बेला गोली प्रहार भएको हो ।

गोली चलाउँदा उनले ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ जनाको मृत्यु भएको पुष्टि गर्दै यो घटनालाई भयानक हमला भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...