नेकपाको चियापान आज : भृकुटीमण्डपमा यसरी गर्दैछन ओली-दाहालले स्वागत



हाम्रो इकोनोमि

 

विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नेकपाले आज भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएपछिको यो पहिलो चियापान हो ।

 

आजको चियापानमा सहभागी हुनका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पष्पकमल दाहाल, प्रचण्डले कार्ड नै पठाएर निम्तो दिनुभएको छ । आजको चियापानमा सहभागी हुने नेकपाले सार्वजनिक निम्तोसमेत दिएको छ ।

 

 

नेकपाका महासचिव विष्णु पौडेलले चियापानको पूर्वसन्ध्यामा बिज्ञप्ती ननै जारी गरी कार्ड प्राप्त हुन नसकेको अवस्थामा पनि सहभागी हुन सार्वजनिक निम्तो दिनुभएको हो ।

 

पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने हुँदा चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।

 

विज्ञप्तिमा नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक सम्मृद्धिको महाअभियानतर्फ राष्ट्रिय अठोटमा हिँडिरहेको अवस्थामा सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ ।

 

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको जनाउँदै विज्ञप्तिमा विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिइएको छ ।

 

पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र सांस्कृतिक पर्वका अवसरमा ऐतिहासिक परम्परा तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु र समयानुकूल रूपान्तरण गर्दै जानु आजका दिनमा राज्य र पार्टीका दायित्व भएको भनिएको छ ।

 

काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३ सय स्वयंसेवक परिचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...