भारत छिमेकी मात्र होइन, असल मित्र पनि हो : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारत छिमेकी मात्र नभएर निकटका मित्र रहेको बताएका छन् । दुई देशको साझा इतिहास, सभ्यता र संस्कृतिले सम्बन्ध अतिविशिष्ट रहेको उनले बताएका छन् ।

 

 

इन्डिया फाउन्डेसनको कार्यक्रमलाई नयाँदिल्ली पुगेर सम्बोधन गर्दै प्रचण्डले वेद, बुद्धत्वदेखि नेपालको शान्तिप्रक्रियाको चर्चा गरे । एक दिने कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार बिहान दिल्ली पुगेका पूर्वप्रधानमन्त्री प्रचण्ड शुक्रबार राति नै स्वदेश फर्केका छन् ।

 

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाको सांस्कृतिक पृष्ठभूमि, नेपालको शान्तिप्रक्रिया तथा संविधान जारीपछिको अवस्थाबारे भारतीय विज्ञ र मन्त्रीसामु बताएका थिए ।

 

प्रचण्डले संसार अन्धविश्वास र अशिक्षामा रुमल्लिरहेका वेला दक्षिण एसिया वेद र बुद्धत्वले प्रज्ज्वलित भएको बताए । प्रचण्डले दक्षिण एसिया सभ्यता र मानवताका लागि विशिष्ट रहेको समेत उल्लेख गरे ।

 

प्रचण्डले भने, ‘संसारको यो भागले महान् सभ्यताहरूलाई वास दिएको छ अनि महान् चिन्तक, नेता, अन्वेषक, विज्ञ, अध्येतालाई जन्म दिएको छ । दक्षिण एसियाको पहिचान विगतमा अत्यन्त उच्च थियो । विगत दुई सय वर्ष हाम्रा लागि अपवाद भएको छ किनकि यो समयमा अधिकांश संसार हामीभन्दा धेरै अघि बढेको छ, हामी पछि परेका छौँ ।’

 

समृद्धिको सपना साकार पार्छौँ
नेपालका दुई करोड ८० लाख जनता समृद्धि र मुक्तिको सपना साकार पार्न अघि बढेको उनले बताए । प्रचण्डले भने, ‘लामो समय निरंकुश शासन तथा गरिबी र अविकासको दुष्चक्रमबाट नेपाली जनताले स्वतन्त्रताको लडाइँ लडेका छन् । निरंकुशतन्त्र र गरिबीबाट मुक्ति चाहेका छन् ।’

 

यसकारण युद्धमा होमिएँ
युद्धकालको चर्चा गर्दै प्रचण्डले सीमान्तीकृत र पीडित जनताको तहको चेतना माथि उठाउन, उनीहरूलाई सुदृढ भविश्यको सपना देखाउन तथा आर्थिक रूपमा सुदृढ गर्न युद्धमा होमिएको बताए ।

 

उनले भने, ‘देशको अधिकांश ग्रामीण भूभागमा सामाजिक जागरण सिर्जना गर्ने त्यो महान् समय थियो । केही वर्षमै हामीले सामन्तवादको जरा हल्लायौँ र स्वतन्त्रता तथा लोकतन्त्रको आवाज बुलन्द बनायौँ । यही क्रममा सुरु भएको ऐतिहासिक शान्तिप्रक्रिया जनताका यावत् आकांक्षाका एजेन्डा संस्थागत गर्ने कोर्स थियो । यसका उतारचढाबको साक्षी म आफैँ छु ।’

 

 

संविधानको चर्चा
अध्यक्ष प्रचण्डले नयाँ संविधानमार्फत जनताका अधिकार सुरक्षित गरेको बताए । उनले अगाडि भने, ‘जनताको घोषणापत्रका रूपमा हामीसँग संविधान छ भनेर अहिले हामी ढुक्कसाथ भन्न सक्ने अवस्थामा छौँ । प्रक्रिया र अन्तर्वस्तुका हिसाबले संविधान जनताको घोषणापत्र हो ।

 

प्रत्यक्ष जननिर्वाचित समावेशी प्रतिनिधिले पहिलोपटक जारी गरेको संविधान हो । संघर्षहरूमा देखिएका जनताका सपना संस्थागत भएको संविधान पनि यही नै हो । जनआकांक्षाअनुसार आवश्यक संशोधनमार्फत निरन्तर सुधारका लागि संविधान (जनताको घोषणापत्र)ले नै प्रतिबद्धता व्यक्त गरेको छ ।’

 

सरकारले गरिबी र अविकास, आधारभूत आश्यकताको चिन्ताबाट मुक्ति दिने एजेन्डालाई प्राथमिकतामा राखेको उनले बताए । ‘यसका लागि छिमेकी र संसारभरिका मित्रहरूले गरेको सहयोगप्रति धन्य छौँ । शान्तिपूर्ण र सम्पन्न नेपालले मात्रै यो क्षेत्र र बाहिरको शान्ति, स्थायित्व र सम्पन्नतामा योगदान दिन सक्छ,’ प्रचण्डले भने ।

 

प्रचण्डले दुई देशको निकटताको चर्चा पनि गरे । ‘हाम्रा दुई देश नेपाल र भारतसँग प्राचीनतम इतिहास एवं हार्दिकतापूर्ण सहअस्तित्वमा सँगै छौँ ।

 

हामी भूगोल, इतिहास, धर्म, नदी, संस्कृति, वाणिज्यद्वारा जोडिएका छौँ,’ उनले भने, ‘वास्तवमा हामी छिमेकी मात्र होइनौँ निकट मित्रहरू पनि हौँ । जनस्तरको अन्तत्र्रिmया र आदनप्रदानले हाम्रो अति विशिष्ट सम्बन्धको प्रकृति प्रतिबिम्बित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...