सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा साहित्यिक अभियान



हाम्रो इकोनोमि

अबको साहित्यलाई सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानका रुपमा विकास गर्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् ।

पूर्वी स्याङ्जाको हरिनास गाउँपालिका–५ को पर्यटकीय सम्भावना रहेको हरिनास जङ्गलमा आयोजित बृहत् साहित्य सम्मेलनमा सहभागी साहित्यकारहरुले आफ्नो रचनामार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

“तरबारमा भन्दा कलममा बढी बल हुन्छ भनेर दाबी गर्दै गर्दा अहिले समाजमा भइरहेका विकृति–विसङ्गतिविरुद्ध स्रष्टाहरुले कलम चलाउनु आवश्यक छ,” आयोजक ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले भन्नुभयो, “कलम चलाउने सचेत नागरिकले अरूलाई पनि सचेत बनाउनु हाम्रो कर्तव्य हुने भएकाले आफ्ना रचनामार्फत विकास र समृद्धितर्फ अघि बढ्न अभिप्रेरित गर्नु आवश्यक देखिन्छ ।”

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले छबुँदे हरिनास साहित्य घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले बलात्कार, हत्या, हिंसा, भ्रष्टाचारजस्ता कार्यको न्यूनीकरणका लागि पहल हुनुपर्ने, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि साहित्यिक अभियानहरु समय समयमा दूरदराजमा पु¥याउनुपर्नेलगायत बुँदाहरुलाई घोषणापत्रका रुपमा ल्याएको छ ।

नेपालका सात वटै प्रदेश तथा भारतको सिक्किमबाट समेत यहाँ वरिष्ठ साहित्यकारको जमघट भएको आयोजक ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले बताउनुभयो ।

पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्मका झण्डै सय जना वरिष्ठ साहित्यकारको भेलामा ४८ जनाभन्दा बढी साहित्यकारले कथा, कविता, गजल, मुक्तकलगायत साहित्य सिर्जनाहरु वाचन गरेका अध्यक्ष लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...