सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा साहित्यिक अभियान



हाम्रो इकोनोमि

अबको साहित्यलाई सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानका रुपमा विकास गर्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् ।

पूर्वी स्याङ्जाको हरिनास गाउँपालिका–५ को पर्यटकीय सम्भावना रहेको हरिनास जङ्गलमा आयोजित बृहत् साहित्य सम्मेलनमा सहभागी साहित्यकारहरुले आफ्नो रचनामार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

“तरबारमा भन्दा कलममा बढी बल हुन्छ भनेर दाबी गर्दै गर्दा अहिले समाजमा भइरहेका विकृति–विसङ्गतिविरुद्ध स्रष्टाहरुले कलम चलाउनु आवश्यक छ,” आयोजक ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले भन्नुभयो, “कलम चलाउने सचेत नागरिकले अरूलाई पनि सचेत बनाउनु हाम्रो कर्तव्य हुने भएकाले आफ्ना रचनामार्फत विकास र समृद्धितर्फ अघि बढ्न अभिप्रेरित गर्नु आवश्यक देखिन्छ ।”

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले छबुँदे हरिनास साहित्य घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले बलात्कार, हत्या, हिंसा, भ्रष्टाचारजस्ता कार्यको न्यूनीकरणका लागि पहल हुनुपर्ने, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि साहित्यिक अभियानहरु समय समयमा दूरदराजमा पु¥याउनुपर्नेलगायत बुँदाहरुलाई घोषणापत्रका रुपमा ल्याएको छ ।

नेपालका सात वटै प्रदेश तथा भारतको सिक्किमबाट समेत यहाँ वरिष्ठ साहित्यकारको जमघट भएको आयोजक ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले बताउनुभयो ।

पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्मका झण्डै सय जना वरिष्ठ साहित्यकारको भेलामा ४८ जनाभन्दा बढी साहित्यकारले कथा, कविता, गजल, मुक्तकलगायत साहित्य सिर्जनाहरु वाचन गरेका अध्यक्ष लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...