विष्ट र भट्टलाई बर्खास्त मात्रै होइन, तत्काल पक्रिनु पर्छ : डा. भट्टराई



हाम्रो इकोनोमि

 

 

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

 

गृह मन्त्रालयले बिहीबार कञ्चनपु्रका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाको लागि योग्य रहने गरी गरेको ‘बर्खास्ती’ प्रति असन्तुष्टि जनाउँदै उनले सरकारले उनीहरुलाई कार्वाही गरेको वहानामा निर्मला हत्याको घटनाबाट पन्छिने मनशायमा रहेको आरोप लगाएका छन् ।

 

‘बलात्कार–हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ? त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र ? पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रश्न गरेका छन्, ‘त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?’

 

उनले घटनामा जोडिएकी भनिएकी रोशनी बम र बबिता बमलाई गम्भीर केरकार र अनुसन्धान नगरी छाडा छाड्ने काम भएको पनि आरोप लगाएका छन् । पन्त १० साउनमा बम दिदी बहिनीकै घरमा गएको बखत सो घटना घट्न पुगेको थियो ।

 

यो काण्डमा शक्तिशालीहरू मुछिएका र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागिपरेको आरोप लगाउँदै भट्टराईले निर्मलालाई न्यायको निम्ति आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...