जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याईयो



हाम्रो इकोनोमि

 

 

जुम्लाको सिजा गाउँपालिकाको नराकोटमा कार्तिक ७ गते जिप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका चन्दननाथ नगरपालिका – ९ तलिउमका गगन नेपाली, दिपक नेपाली र सोही नपा ३ का जितेन्द्र खत्री, दुल्लु नपा – ५ दैलेका भक्ति साउद र पोखराकी मिरा रेग्मीलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । नेपाली सेनाको पहिलो चार्टरमा तीन जना र दोस्रो चार्टरमा एक जनालाई लैजाने व्यवस्था गरिएको यातायात व्यवसायी सुशिल देवकोटाले बताए ।

 

सोही घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । जुम्ला बजारबाट नराकोटसम्म रिर्जभमा गएको भे १ ज ८६५ नम्बरको जिप दुर्घटना हुँदा तिला गाउँपालिका ३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी सार्की र ८ महिनाकी छोरी मैना सार्कीको मृत्यु भएको प्रहरी नायव निरीक्षक सिताराम सिजालले बताए ।

 

बुलबुले यातायात व्यवसायी र कर्णाली प्रदेशको समन्वयनमा थप उपचारका लागि दुर्घटनाका घाइतेलाई काठमाडौं लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...