क्यासिनोमा जुवा खेलिरहेका एकको वेहोस भएर मृत्यु, मृत्यु शंकास्पद भएको प्रहरीको दावी



 

 

काठमाडौंको दरबारमार्गस्थित एक क्यासिनोमा जुवा खेलिरहेका एक नेपालीको मज्यान गएको छ ।

 

 

क्यासिनोमा जुवा खेल्दा खेलिरहेका बेला बेहोस भएका उनको मृत्यु भएको बताइएको छ । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा रहेको रोयल क्यासिनोमा भारतीय परिचय पत्र देखाएर जुवा खेलिरहेका सिरहाको लहान स्थायी घर भएका बुद्धिलाल शाह एक्कासी बेहोस भएका थिए ।

 

तत्काल प्रहरी र क्यासिनोका कर्मचारीले उनलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल पुर्‍याए लगत्तै शाहको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

 

उनी क्यासिनो छिर्दा भारतीय नागरिक हरिशंकर पालको नाममा रहेको परिचय पत्र देखाएको काठमाडौं प्रहरी प्रवक्ता हुवेन्द्र बोगटीले जानकारी दिएका छन् । शाहको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले थप अनुसन्धान शुरू गरेको प्रवक्ता बोगटीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ