क्यासिनोमा जुवा खेलिरहेका एकको वेहोस भएर मृत्यु, मृत्यु शंकास्पद भएको प्रहरीको दावी



हाम्रो इकोनोमि

 

 

काठमाडौंको दरबारमार्गस्थित एक क्यासिनोमा जुवा खेलिरहेका एक नेपालीको मज्यान गएको छ ।

 

 

क्यासिनोमा जुवा खेल्दा खेलिरहेका बेला बेहोस भएका उनको मृत्यु भएको बताइएको छ । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा रहेको रोयल क्यासिनोमा भारतीय परिचय पत्र देखाएर जुवा खेलिरहेका सिरहाको लहान स्थायी घर भएका बुद्धिलाल शाह एक्कासी बेहोस भएका थिए ।

 

तत्काल प्रहरी र क्यासिनोका कर्मचारीले उनलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल पुर्‍याए लगत्तै शाहको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

 

उनी क्यासिनो छिर्दा भारतीय नागरिक हरिशंकर पालको नाममा रहेको परिचय पत्र देखाएको काठमाडौं प्रहरी प्रवक्ता हुवेन्द्र बोगटीले जानकारी दिएका छन् । शाहको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले थप अनुसन्धान शुरू गरेको प्रवक्ता बोगटीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...