बालाजुमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु



हाम्रो इकोनोमि

 

 

बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् । मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

 

ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

 

ट्रकको ठक्करबाट घाइते भएको बालकलाई ग्रीनसिटी हस्पिटलमा उपचारकको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...