मलेसियाको रोजगारी कात्तिक अन्तिम साताबाट खुल्दै



हाम्रो इकोनोमि

 

 

जेष्ठदेखी बन्द रहेको मलेसियाको रोजगार कात्तिक अन्तिमदेखि खुल्ने भएको छ ।

 

१२ गते नेपाल र मलेसियाबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भए पनि आवश्यक प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएकाले कात्तिक अन्तिमदेखि मात्र श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जनाएको छ ।

 

दुई देशबीच सरकारीस्तरमा कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भए पनि कात्तिक अन्तिम सातादेखि मात्र नेपाली युवालाई मलेसियाका लागि श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जानकारी दिएको छ। समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासागरन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ११ गते आइतबार नेपाल आउँदै हुनुहुन्छ ।

 

१२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र (एमओयू)मा हस्ताक्षर हुने कार्यक्रम छ । एमओयूको मस्यौदमा गएको असोज १२ गते नै दुई देशबीच सहमति जुटेको थियो ।

 

एमओयूमा हस्ताक्षर भएपछि दुवै देशका प्राविधिक टोली कामदार लैजाने विधि र प्रक्रियाको टुंगो लगाउनेछन् । आवश्यक सबै प्रक्रियाको टुंगो लगाउन केही दिन लाग्ने भएकाले यो महिनाको अन्तिमदेखि मात्र मलेसियाको रोजगारी खुल्ने मन्त्रालयले जनाएको छ । विभिन्न बाहानामा कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो । नेपाल र मलेसियाबीच एमओयूमा हस्ताक्षर भएपछि कामदारको करार अवधि २ वर्षको मात्रै हुनेछ ।

 

समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने छन् । यसअघि स्वास्थ्य परीक्षण, लेबी, टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया पूरा गर्दा मलेसिया जाने नेपाली कामदारले ठूलो आर्थिक भार व्यहोर्नु परेको थियो । अब बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ भने कामदारले सरकारबाट मान्यता प्राप्त र पूर्वाधार पूरा भएको स्वास्थ्य संस्थाबाट मेडिकल गर्न सक्नेछन् ।

 

कामदार पठाउने म्यानपावरले सेवा शुल्क वापत कामदारको आधा महिनाको तलब बराबरको पैसा पाउने छन् । तर त्यो पैसा रोजगारदाताले नै तिर्नु पर्नेछ । कामदारको तलबबाट काट्न नपाउने एमओयूमा उल्लेख छ । मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले पनि नेपालको इच्छा अनुसार नै नेपाली कामदार लैजाने बताउनुभएको थियो । श्रम मन्त्री गोकर्ण विष्टको पहलमा मलेसियाको रोजगारी कामदारकै पक्षमा हुने गरी खुल्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...