नेकपाको वैठक जारी, तल्ला कमिटी एकीकरणबारे यस्तो हुँदैछ निर्णय



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

 

जारी बैठकमा तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कारवाहीको समीक्षाका साथै स्थायी कमिटी बैठकका एजेण्डा तय लगायतका विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताए ।

 

बैठकमा प्रचण्डको शुक्रबार दिल्ली जाने कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । सचिवालयका ती नेताका अनुसार आजको बैठकले केहि मुद्धामा महत्वपूर्ण निर्णय गर्ने सम्भावना पनि छ ।

 

यसअघि कार्तिक, गत आइतबार र सोमबार बसेको सचिवालय बैठक कुनै एजेण्डामा प्रवेश गर्न सकेको थिएन । ती बैठक नेताहरुले असन्तुष्टि पोख्दैमा बितेको थियो । यस्तै बुधबार ३ बजेका लागि बस्ने भनिएको बैठक पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकोे कार्यव्यस्तको कारण देखाउँदै आजसम्मको लागि स्थगित भएको थियो ।

 

पार्टी एकताको पाँच महिना वितिसक्दा पनि प्रदेश, जिल्ला र जनवर्गिय संगठनको एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा अन्योलता बढेको छ । नेकपाले केन्द्रीय विभागहरु, पोलिटव्यूरो र अन्य कमिटीहरु पनि गठन गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...