नेकपाको वैठक जारी, तल्ला कमिटी एकीकरणबारे यस्तो हुँदैछ निर्णय



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

 

जारी बैठकमा तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कारवाहीको समीक्षाका साथै स्थायी कमिटी बैठकका एजेण्डा तय लगायतका विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताए ।

 

बैठकमा प्रचण्डको शुक्रबार दिल्ली जाने कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । सचिवालयका ती नेताका अनुसार आजको बैठकले केहि मुद्धामा महत्वपूर्ण निर्णय गर्ने सम्भावना पनि छ ।

 

यसअघि कार्तिक, गत आइतबार र सोमबार बसेको सचिवालय बैठक कुनै एजेण्डामा प्रवेश गर्न सकेको थिएन । ती बैठक नेताहरुले असन्तुष्टि पोख्दैमा बितेको थियो । यस्तै बुधबार ३ बजेका लागि बस्ने भनिएको बैठक पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकोे कार्यव्यस्तको कारण देखाउँदै आजसम्मको लागि स्थगित भएको थियो ।

 

पार्टी एकताको पाँच महिना वितिसक्दा पनि प्रदेश, जिल्ला र जनवर्गिय संगठनको एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा अन्योलता बढेको छ । नेकपाले केन्द्रीय विभागहरु, पोलिटव्यूरो र अन्य कमिटीहरु पनि गठन गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...