यी सुन्दरीको यस्तो रहेछ हर्कत्, एसएसपी सिंहले डुबाइदिए चुर्लुम्म



हाम्रो इकोनोमि

 

युवतीलाई प्रयोग गरी भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने दुईजनालाई महानगरीय प्रहरी अपराध महाशाखा टेकु काठमाडौंले पक्राउ गरेको छ ।

 

ललितपुर जिल्लाको कुपण्डोल एरियामा बस्ने एकजना व्यवसायीलाई फेसवुक म्यासेञ्जरमा साथी बनाई ब्ल्याकमेलिङ गर्ने बद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीलाई अपराध महाशाखा टेकुले पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीले ब्ल्याकमेलिङमा परेका ती व्यवसायीको नाम गोप्य राखेको छ ।

 

३१ वर्षीय बद्रीनाथ लामिछानेको स्थायी घर गोरखा पालुङटार नगरपालिका वडा नं. ८ मा पर्छ । २५ वर्षीया इन्दिरा उप्रेतीको स्थायी घर पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ४ मा रहेको सिंहले बताए ।

 

अपराध महाशाखाका प्रमुख एसएसपी सिंहका अनुसार इन्दिराले नाम परिवर्तन गरी निशा अधिकारीको नामबाट व्यवसायीलाई कार्यालयमा भेटेर आपत्तिजनक भिडियो बनाएकी थिइन् । सोही भिडियोलाई आधार बनाएर उनका साथी बद्रीनाथ लामिछानेले गणेश लामाको नामबाट ती व्यवसायीसँग एक करोड रकम माग गरी ब्ल्याकमेलिङ गरेका थिए ।

 

इन्दिरा उप्रेतीले ती व्यवसायीलाई सोफामा किस गर्नुका साथै मोबाइलबाट भिडियो बनाइ बल्याक मेलिङ गरेको अनुसन्धानबाट खुल्न आएको एसएसपी सिंहले बताए ।

 

‘व्यवसायीको मोवाईल नम्वर समेत लिई फोन गरी तपाईको अफिसमा भेट्न आउँछु कुराकानी गर्नुछ भनि फोनमार्फत कुरा गरी असार १ गते दिउँसो निशा अधिकारी नाम बताउने महिला उक्त व्यवसायीको अफिसमा गई आफ्नो नाम इन्दु हो भनेको अनुसन्धानबाट खुल्न आएको छ’, अपराध महाहशाखाबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

‘घर झापा जिल्लाको बुधवारेमा पर्छ भनि परिचय समेत दिई कुरा गरी थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखी नजिक हुँदै व्यवसायीको छेउमा गई अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरी इन्दिरा त्यहाँबाट गएकी थिइन्’, विज्ञप्तिमा भनिएको छ, ‘पछि गणेश लामाको नाम बताउने बद्रीनाथ लामिछानेले ती व्यवसायीलाई इमोबाट फोन गरी भिडियो रेकर्ड आफूसँग रहेकोले एक करोड रुपैयाँ रकम माग गरी नदिएमा सामाकजि सञ्जालमा अपलोड गरी चरित्र हत्या गरी वेइज्जत गरिदिन्छु भनि बार्गेनिङ गर्दै आएका थिए ।’

 

‘व्यवसायीलाई डरत्रासमा पारी धम्की दिइरहेको सूचनाको आधारमा अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न बद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीलाई पक्राउ गरिएको छ’, एसएसपी सिंहले भने ।

 

अपराध महाशाखाको टोलीले बद्री लामिछानेलाई कात्तिक छ गते बेलुका काठमाडौंको गौशाला र इन्दिरा उप्रेतीलाई कात्तिक ७ गते बुधबार टेकुबाट पक्राउ गरी अपराधिक लाभ (एक्टर्शन)को कसूरमा अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएको एसएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...