युवती प्रयोग गरी बनाइयो अन्तरङ्ग भिडियो, व्यापारीको पैसा असल्न खोज्दा ……….



हाम्रो इकोनोमि

 

 

युवती प्रयोग गरी अन्तरङ्ग भिडियो बनाई पैसा असुल्न खोजेको आरोपमा प्रहरीले एक युवती र पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेती छन् ।

 

उनीहरुले आफैले गोप्य रुपमा अन्तरङ्ग भिडियो बनाई ललितपुर कुपण्डोलका व्यापारीलाई ब्ल्याकमेलिङ्ग गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

यसरी गरे ब्ल्याकमेलिङ

इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट ती व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाइन् । पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बर समेत लिइन ।

 

पछि उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै गएको असार १ गते दिउँसो ‘निशा अधिकारी’ बनेर अफिसमा पुगिन् । त्यहाँ पुगेपछि उनले आफ्नो वास्तविक नाम इन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिइन् ।

 

त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरिन् । त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी किस समेत गरेर त्यहाँबाट निस्किन् ।

 

उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम माग गरेका थिए । प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले वार्गेनिङ गर्दै आइरहेका थिए ।

 

यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो । लामिछानेलाई कार्तिक ६ गते बेलुका गौशालाबाट पक्राउ गरिएको थियो भने उप्रेती आज दिउँसो टेकुबाट पक्राउ परेकी हुन ।

 

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...