स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा तानिँदै, सरुवा रोक्ने कसरतमा चौधरी



हाम्रो इकोनोमि

 

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएको छ।

सचिव भएसँगै विवादित बनेकी उनलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रधानमन्त्री कार्यालय तानिएको हो। निर्णय औपचारिक रुपमा बाहिर आउन बाँकी नै छ।

सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएसँगै उनी सरुवा रोक्ने कसरतमा रहेको एक सचिवले बताए। डा. चौधरी अघिल्लो वर्ष स्वास्थ्य सचिवमा नियुक्त भएकी हुन्। उनको कामलाई लिएर केही समययता स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट रहेको चर्चा चलेको थियो।

चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएसँगै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...