काठमाडौंमा चल्यो विद्युतीय बस, सिसी टिभीले नै यात्रुको निगरानी राख्ने



हाम्रो इकोनोमि

 

 

बढ्दो गाडीहरुका कारण वातावरण प्रदूषित बनिरहेका बेला काठमाडौंमा पाँच वटा विद्युतीय बस सञ्चालन थालिएको छ ।

 

२० यात्रु अट्ने सिट भएको बसको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।

 

सिसी टिभीले नै यात्रुको निगरानी गर्ने गरी ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।

 

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...