नवलपरासीमा बस दुर्घटना : पाँचको मृत्यु, ४२ गम्भीर घाइते



हाम्रो इकोनोमि

 

 

 

नवलपरासीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ४२ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ ।

 

सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । गम्भीर घाइते ४२ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।

 

प्रहरीका अनुसार बस सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको छ । ४२ घाइतेलाई चितवन पठाइएको छ भने अन्य सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...