गृहजिल्ला झापा आउँदै प्रधानमन्त्री ओली : यस्तो छ आजको कार्यक्रम



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउँदै हुनुहुन्छ । हरेक बर्ष गृहजिल्लामा आफैंले आयोजनना गर्ने चियापान कार्यक्रमका लागि प्रधानमन्त्री ओली झापा आउन लाग्नुभएको हो ।

 

प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट गृहजिल्ला झापा आउने कार्यक्रम रहेको छ । पौने ११ बजे गृहजिल्ला झापा उत्रिएलगत्तैबाट प्रधानमन्त्री ओली भेटघाट र कार्यक्रममा ब्यस्थ हुनुहुनेछ ।

 

झापामा रहँदा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा सहभागी हुनुहुनेछ । सो कार्यक्रमलगत्तै प्रधानमन्त्री ओलीकै आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा दसैंको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुनेछ ।

सो कार्यक्रममा सहभागी भएपछि आवश्यक भेटघाट गरी आजै अपरान्ह काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री डा. युवराज खतिवडासमेत झापामा आउने कार्यक्रम छ ।

 

गृहजिल्लाका नेता कार्यकर्ताको गुनासो सम्बोधन गर्न प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई पनि झापाको चियापानमा सहभागी हुन लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले हरेक बर्ष बडादसैंको अवसरमा गृहजिल्ला झापामा चियापान गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...