राजधानीमा आजदेखि तीन दिन प्रहरीको निःशुल्क बस : रुट हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

 दसैंको अवसरमा नेपाल प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सेवा दिँदै छ। प्रहरीले अष्टमी, नवमी र दशमी गरी तीन दिन सेवा दिन लागेको हो। प्रहरीका बस राजधानीका विभिन्न तीन रुटमा सञ्चालन हुनेछन्।

 

प्रहरीले तीनै रुटमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
 

निःशुल्क बसको रुट हेर्नुहोस्
रुट १

नागरिक सहताका लागि प्रहरीले सार्वजनिक गरेको निःशुल्क बस सेवा रुट नक्सालबाट सुरु हुन्छ। नक्साल, पुतलीसडक, माइतिघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट रत्नपार्क हुँदै दरबारमार्ग पुगेर चल्छ।

 

रुट २
नक्सालबाट छुटेको बस मैतिदेवी, गौशाला, कोटेश्वर तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै बालुवाटार फर्किन्छ।

 

रुट ३
नक्सालबाट छुटेर रातोपुलसम्म पुग्छ। नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, गौशला हुँदै रातोपुल पुग्ने छ।

जनजातिले यसरी मनाउन थाले दसैं

पृथ्वीनारायण शाहले १८२५ सालमा उपत्यका  जितेपछि मात्रै आदिवासी जनजातीले दसैं मनाउन थाले  । १८३० देखि नेपालका सबै जातजातिले दसैं मान्नुपर्ने उर्दी जारी गरिएको थियो ।

 

‘पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि दसैं मान्न थालिएको प्रसंग १९१० मा जंगबहादुर राणाले ल्याएको नेपालको पहिला मुलुकी ऐनमा उल्लेख छ,’ लिल फङ्ग (घले समाज) का अध्यक्ष दिनेश घलेले भने ।

 

तत्कालीन समयमा रैतीले दसैं मनाए कि मनाएनन् प्रमाणीत गर्न मार हानेपछि रगतमा हात डुबाएर घरका भित्तामा हातको पञ्जाको छाप लगाउनुपथ्र्यो ।

 

रजौटेका घरका भित्तामा रगतको छाप भए/नभएको यकिन गर्न राजाका नजिकका मान्छेलाई खरदार, मुखिया, सुब्बा, जमिनदारलाई खटाइन्थ्यो ।

 

उनीहरुले सम्बन्धित सीडियो, प्रहरीलाई सुचना दिने र उनीहरुमार्फत राजासम्म जानकारी गराउँथे । ‘सबैका घरका भित्तामा रगत लागेको/नलागेको विषयमा रेकर्ड नामावली हुन्थ्यो,’ घलेले भने ।

 

 

त्यसपछि मात्रै घले, गुरुङ, राई, लिम्बु, शेर्पा, थारुलागयत सबैले दसैं मान्न थालेका हुन् । राजाको आदेश अनुसार जनजातिले दसैं मान्न थालेपनि जनजातिले दसैं मनाउने परम्परा नरहेको उनको भनाइ छ ।

 

 

तर घलेले दसैं मनाए पनि रातो टीका लगाउँदैनन् । दही–अक्षताको सेतो टीका लगाउने प्रचलन रहेको घले बताउँछन् । उनका अनुसार रातोमा रगत मिसिएको हुन्छ भन्ने मान्यता छ ।

 

पुर्खाले हरेक शुभकाम माघ १ गते गर्ने गरेको र त्यसदिनलाई राष्ट्रिय चाडको मनाउन थालिएको घलेले जानकारी दिए ।  दसै मान्ने वा नमान्ने विषयमा भने स्वतन्त्रता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...