महाकालीमा बस दुर्घटना पाँच घाइते, ठूलो परिणाममा विष्फोटक सामग्री बरामद



हाम्रो इकोनोमि

 

महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् ।

 

 

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना५ख ८११७ नं को बस आज बिहान ५ बजे एक्कासी बाङ्गाबगरमा सडकमा पल्टेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक ग¥यो ।

 

सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त स्थानबाट नागीन पट्टका करीब छ बण्डल र झिरझिरे करीब १०० प्याकेट बरामद गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

 

भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ विष्फोटक पदार्थ ल्याइरहेका व्यक्ति प्रहरीलाई देखेपछि ती सामान छोडेर भागेको उहाँको भनाइ थियो ।

 

बैकिङ कसुरमा पक्राउ 
यसैबीच प्रहरीले बैकिङ कसुरमा सुनसरी देवानगञ्ज गाउँपालिका–७ घर भई हाल काठमाडौँ नगार्जुन नगरपालिका–४ बस्ने मिथिलेशकुमार बर्मालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ

 

प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलका अनुसार बर्माले विराटनगर उपमहानगरपालिका–४ का नरेशकुमार साहलाई सनराइज बैंकको रु १३ लाख ८५ हजारको चेक दिएको र सो चेक बाउन्स रहेको कसुरमा नगार्जुन–४ बाट उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

 

सरकारी रकममा घरायसी सामग्री खरीद 
सुनसरीको रामधुनी नगरपालिकाका सहायक लोखापाल मंसा चौधरीले पदको दुरुपयोग गर्दै आर्थिक वर्ष २०७४÷०७५ मौ रामधुनी नगरपालिकाको बजेटमा विभिन्न घरायसी सामग्री खरीद गरेको पाइएको छ ।

 

उहाँले गत मङ्सिर २५ गते रु आठ हजार ४०० को सागसब्जी र रु १४ हजार ४०० को कागती, मङ्सिर १७ गते शिखर सुज हाउसबाट रु दुई हजार ६१० मा जुत्ता खरीद गरेको र ती सामान कुन प्रयोजनका लागि खरिद गरिएको हो भन्ने कुरा नखुलाइएको आन्तरिक लेखा छानबिन समितिको प्रतिवेदनले देखाएको छ ।

 

त्यसैगरी सहायक लेखापाल चौधरीले गत कात्तिक १९ गते विराट आयुर्वेद फर्माबाट रु एक हजार १८६ को फेसवास, सु पाउडर, फेस प्याक, घ्यु, सिधे नूनलगायतका सामान, कात्तिक २१ गते सुपर सेन्टर विराटनगरबाट रु दुई हजार ४०० को लेडिज ब्याग पनि खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

ती सामान आफ्नो प्रयोगका लागि नभई हाकिमहरुको प्रयोगका लागि खरीद गरेको प्रतिक्रिया दिँदै उहाँले हाकिमहरुले आफूलाई विविध खर्चबाट सामान खरीद गरिदिनका लागि भनेका कारण खरीद गरिदिएको बताउनुभयो ।

 

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद चौलागाईसँग जानकारी लिन खोज्दा उहाँको मोबाइल स्विच अफ थियो ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...