ऋण नदिएको झोकमा अपहरण गरेर बालकको हत्या, दुई पक्राउ



हाम्रो इकोनोमि

 

दुई लाख ऋण नदिएको झोकमा बालकको हत्या गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार सार्वजनिक गरेको छ।
 

सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दिपकको अपहरण गरी हत्या गर्ने १७ वर्षीय हरेन्द्रकुमार कुशवाहा र २३ वर्षीय श्याम बैठालाई प्रहरीले सार्वजनिक गरेको हो।

 

गाउँमै लागेको मेला हेर्न गएका दिपकको गत बुधबार अपहरण भएको थियो। मेलाबाट बालक अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

 

बालक हराएको सूचना पाएपछि खोजी सुरु गरेको प्रहरीले शनिबार राति स्रिमौनगढ नगरपालिका-३ स्थित सार्वजनिक जंगलमा बालकको शव फेला पारेको हो।
प्रहरीका अनुसार अपहरणकारीले बालकलाई अपहरण गरेको भोलिपल्टै हत्या गरेका थिए। अपहरणलगत्तै बालकको बुबा धनेश्वरसँग फोनमार्फत १० लाख फिरौती माग गरेका उनीहरुले बालकको हत्या गरी शव जंगलमा फालेको बयान प्रहरीलाई दिएका हुन्।

 

कल डिटेलको आधारमा घटनामा संलग्न व्यक्तिसम्म पुगेको प्रहरीले बयानका आधारमा बालकको शव फेला पारेको हो।

 

फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरका आधारमा घटनामा संलग्न व्यक्तिलाई शनिबार दिउँसो पक्राउ गरिएको र उनीहरुकै वयानपछि बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

 

‘फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरबाट हामीले उनीहरुलाई पक्राउ गर्न सफल भयौँ’,  राठौरले भने, ‘बयानकै आधारमा शनिबार राति गाउँकै जंगलबाट प्रहरीले शव बरामद गरेको हो।’

 

प्रहरीका अनुसार अपहरणकारीले बालकको हात खुट्टा बाँधी घाटी थिचेर हत्या गरेका थिए। अपरहण गरेर गाउँकै धान खेतमा बुधबार राति लुकाएर राखेका अपहरणकारीले बिहीबार बिहानै बालकको हत्या गरेको बयान प्रहरीलाई दिएको प्रवक्ता राठौरले बताए।

 

पक्राउ परेका मध्ये हरेन्द्रले एक महिना अघि बालकका बुवासँग दुई लाख रुपैयाँ ऋण मागेको र ऋण दिन अस्वीकार गरेपछि रिसिबी साध्न हत्या गरेको प्रहरीको भनाइ छ।

 

ऋण नदिएपछि हरेन्द्रले बालकका बुवालाई समय आएपछि देखाउछु भन्दै धम्की दिएका थिए। प्रहरीसँंगको बयानमा हरेन्द्रले ऋण नदिएको रिसबी साध्न बालकको अपहरण गरी हत्या गरेको बताएका छन्।

 

पक्राउ परेका दुबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ। दसै बिदाका कारण घटस्थापनादेखी बन्द रहेको अदालतमा उपस्थित गराउन नसकिएको र अदालती प्रक्रियाका लागि पत्राचार गरिएको प्रवक्ता राठौरले जानकारी दिए।

 

पक्राउ परेका दुवैजनालाई शरीर बन्धक, अपहरण तथा कर्तव्य ज्यान मुद्दामा कारवाहीका लागि  अदालतमा उभ्याईने राठौरले जानकारी दिए।

 

तीन महिनाभित्रै बारामा बालकको हत्या भएको यो दोस्रो घटना हो। यसअघि बाराको जीतपुरका व्यापारी ललन गुप्ताका ९ वर्षीया छोरा अंकित गुप्ताको अपरहणपछि हत्या भएको थियो। अंकित परिवारले एक करोड भन्दा बढी रकम फिरौती बापत बुझाएपछि अपहरणकारीले बालकको हत्या गरेका थिए। हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...