सावधान : पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा एड्स र क्यान्सर, मान्छेलाई छुनासाथ सर्ने !



 

पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो तथ्य देखाएको हो । ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभीरएड्सको संक्रमण देखिएको थियो ।

 

विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए । अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभीरएड्सको उच्च जोखिममा छ ।

 

अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने–‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभीरएड्स लगायतका अन्य रोग सर्न सक्छन ।

 

’ कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ । रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ । तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा यो भन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस ‘हेर्पेस बी भाइरस’ फेला परेको डा. पुनले बताए ।

 

हेर्पेस बी भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ । यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ । अनुसन्धानमा बाँदरको पिसाबमा अत्यधिक पाइने सिमिनियम ४० भाइरस पनि पाईएको छ । ३९ मध्ये ३५ बाँदरमा सिमिनियम ४० भाइरस पाइएको थियो । यही भाइरसले क्यान्सर लाग्न महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइएको छ ।

 

अनुसन्धानमा बाँदरले टोक्दा लाग्ने ¥याल वा चिथोर्दा सर्ने सिमिनियम फोमिग भाइरस पनि भेटिएको छ । यो भाइरस क्यान्सर र एचआइभी एड्ससँग सम्बन्धित रहेको बताईएको छ । यो भाईरस नेपाली बाँदरमा ९७ प्रतिशत देखिएको छ ।

 

चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या हो । त्यस्तै बाँदरले टोक्दा वा बाँदरको रगतबाट सर्ने सिमिन इमुनोदिफिसिन्सी भाइरस पनि भेटिएको छ । मानिसमा देखिँदै आएको एड्स पनि यही भाइरसको परिस्कृत रूप मानिन्छ । रेबिज भाइरस पनि नेपाली बाँदरमा देखिएको छ ।

 

रेबिजका कारण हालसम्म बाँदरको मृत्यु भएको तथ्यांक छैन । त्यसैले रेबिज बिरुद्धको खोप दिने गरिएको छैन । डा. पुनले भने–‘हुँदै नहुने भन्ने होइन, एकैपटक धेरै मानिसलाई टोकेको अवस्थामा खोप दिनुपर्ने हुन्छ ।’ डा. पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए ।

 

अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताएका छन । यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ ।

 

डा पुनले भने–‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन् । उनीहरूले जुनसुकै समयमा बाटोमा हिँडिरहेका मानिसलाई टोक्न सक्छन् । यस्ता बाँदरमा क्यान्सर र एचआइभी-एड्सको भाइरस रहेको पाइयो । त्यसैले बाँदरसँग जिस्कने र खानेकुरा दिनबाट टाढै बस्नुपर्छ ।’

 

 

बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा. पुनले बताए । पुनले भने–‘बाँदरको टोकाइबाट हुने यस्तो रोगबारे कसैलाई जानकारी थिएन । यो अनुसन्धानले सबैलाई सोच्न बाध्य बनाएको छ ।’

 

वन्यजन्तुविज्ञ डा. मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताएका छन । चालिसेले भने–‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन् । ५० बाँदरको क्षमता भएको पशुपति र स्वयम्भूमा नौ सय बाँदर हुँदा आहारको अभावमा उनीहरूले मानिसलाई आक्रमण गर्ने गरेको र त्यसबाट मानिसमा रोग सर्ने जोखिम रहेको छ ।’

 

मानिसमा जस्तै बाँदरलाई पनि जुका पर्ने, शरीरका विभिन्न भागमा दाद देखिने, ज्वरो आउने, निमोनिया हुने, झाडापखाला लाग्ने, क्यान्सर हुने, एचआइभी एड्सको संक्रमण हुने गर्दछ । डा. चालिसेले भने–‘धनुष्टंकार बाँदरमा पनि हुन्छ, यसले बाँदरलाई कुनै असर गर्दैन तर बाँदरबाट मानिसमा सर्न गएमा केही समयमै मानिसको मृत्यु हुन्छ ।’

 

पशुपति र स्वयम्भूमा छुट्टाछुट्टै बसेका बाँदरलाई समातेर परीक्षण गरिएको थियो । बाँदरको पिसाब, रगत, ¥याल परीक्षण गरिएको सरुवा रोग केन्द्रका डा. पुनले जानकारी दिएका छन ।

 

सो परीक्षणपछि मात्र बाँदरको टोकाइबाट क्यान्सर र एचआइभीरएड्सको जोखिम हुने पत्ता लागेको हो । नेपालका बाँदरमा क्यान्सर र एचआइभीरएड्सको भाइरस रहेकाले सचेत बन्न वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले सचेत गराएको डा.पुनले बताएका छन ।

खाना पचाउने र प्रतिरक्षा प्रणालीको रक्षा गर्ने कलेजो जोगाउन अपनाउनुहोस् यी ८ घरेलु उपाय

कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ ।

कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो ।

आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । एकपटक कलेजो बिग्रिएपछि त्यसले निकै समस्या पार्छ । आखिर कलेजो स्वस्थ राख्ने उपाय के हुन् त ?

जैतूनको तेल
जैतूनको तेल कलेजोको स्वास्थ्यका लागि राम्रो विकल्प हो । बिहानको खाजा या कुनै पनि तरिकाले जैतूनको सेवन गर्नाले फाइदा पुग्छ । जैतूनको तेल पाइदैंन भने चुरोट, मदिरा तथा सूर्तिजन्य पदार्थबाट टाढै रहनु अत्यन्त आवश्यक हुन्छ ।

बेसार
बेसारको नियमित सेवनले कलेजोको समस्या हट्छ । बेसारमा एन्टीसेप्टिक गुण हुन्छ भने एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो । हेपाटाइटिस बी र सीबाट निर्माण हुने भाइरस बढ््नबाट पनि यसले रोक्छ। दूधमा बेसार मिसाएर पिउनाले कलेजोलाई फाइदा पुग्छ ।

अमला
अमला भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यो आँखा, कपाल तथा छालाका लागि फाइदाजनक छ भने कलेजोको स्वास्थ्यका लागि पनि राम्रो हो । अध्ययनहरुबाट अमलामा कलेजो सुरक्षित राख्ने सबै तत्व रहेको पाइएको छ ।

ग्रीन टी
यदि कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने दूध चियाकोसाटो ग्रीन टी सेवन गर्न सुरु गर्नुस् । ग्रीन टीमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ, जसले सबै खालका विषाक्त पदार्थलाई नष्ट गर्छ । बिहान उठ्नेबित्तिकै १ कप ग्रिनटी पिउनु हितकर हुन्छ ।

करेला
स्वादका हिसाबले करेला तितो भएपनि कलेजोका लागि वरदान नै मानिन्छ । दिनहुँ १ ग्लास करेलाको जुस पिउनाले कलेजो स्वस्थ हुन्छ । साथै यसले फ्याटी लिभरको समस्या पनि हटाउँछ ।

गोलभेंडा
यदि फ्याटी लिभरको समस्या छ भने काँचो गोलभेंडा फाइदाजनक मानिन्छ । यसैले उपलब्ध भएसम्म उपयुक्त मात्रामा काँचो गोलभेंडा नियमित रुपमा सेवन गर्नु राम्रो मानिन्छ ।

-एजेन्सीको सहयोगमा

सावधान ! गुद्द्वार चिलाउँछ ? कारण अहिले जान्नुहोस् नत्र यस्तो घातक हुनसक्छ

गुदद्वार चिलाउने समस्या प्रायश: देखिने समस्या हो । गुदद्वार अनि त्यस वरिपरिको छाला चिलाउँछ र कतिपय समयमा त यो यति तीव्र हुन्छ कि नकन्याई बस्नै सकिँदैन । यस्तो स्थितिले असजिलो स्थितिसमेत निम्त्याउन सक्छ ।

 

गुदद्वार चिलाउने यस्तो स्थितिलाई Pruritus ani भनिन्छ । चिलाउनुका साथै कतिपय स्थितिमा पोल्ने अनि दुख्ने वा जलन हुने पनि हुन सक्छ । कारणअनुसार यी लक्षणमा भिन्नता हुन सक्छन् ।

 

यसरी गुदद्वार चिलाउने कतिपय समस्याको चिकित्सकीय उपचार आवश्यक नपर्न सक्छ, तर विशेष गरी कडा किसिमको वा एक महिनाभन्दा बढी समयसम्म निरन्तर यसरी चिलाए वा गुदानलीबाट रगत आए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । गुदद्वार चिलाउने प्रमुख कारणहरूका सम्बन्धमा छोटकरीमा चर्चा गरौं ।

 

छालामा विभिन्न कारणले हुने जलनले यस्तो समस्या निम्त्याउन सक्छ । घर्षण अनि बढी कसिलो हुँदा पनि यस्तो हुन सक्छ । सुगन्ध युक्त पदार्थ, रङ्ग वा छालालाई कोमल बनाउने तत्व भएका साबुन, ट्वाइलेट पेपरजस्ता कुराले पनि गुदद्वारमा जलन हुने वा चिलाउने हुनसक्छ । यस्ता सामानको अधिक प्रयोगले समस्यालाई बढाउन सक्छ ।

 

पखाला धेरै लाग्दा पनि यस्तो हुन सक्छ । थाहै नपाई दिसाको केही मात्रा गुदद्वार क्षेत्रमा रहँदा पनि यस्तो समस्या हुन्छ ।

 

गुदद्वार क्षेत्रमा भएका रक्तनशा फुलेर दिसा गर्दा नदुखे पनि रगत देखा पर्ने स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ ।

 

संक्रमण र कतिपय यौन रोग पनि गुदद्वार चिलाउने कारण हुनसक्छ । बाल्यावस्थामा चुर्ना (pinworm) पर्दा गुदद्वार चिलाउने धेरैले अनुभव गरेका हुन्छन् र एकै घरका वयस्कमा पनि चुर्नाको समस्या हुन सक्छ । ढुसीको संक्रमण, जुन योनि चिलाउने एउटा प्रमुख कारण हो, पनि गुदद्वार चिलाउने कारक हुनसक्छ ।

 

छालाको समस्या जस्तै psoriasis वा contact dermatitis जस्तो स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ ।
अति नै विरलै हुने गुदद्वारको ट्युमर पनि यसको कारण हुन सक्छ ।

 

समस्या के त ?

अब तपाईंलाई के भएको होला भन्ने मूल प्रश्नमा आऔं । तपाईंले दिनु भएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन । माथि उल्लेख गरिएका गुदद्वार चिलाउने केही स्थिति तपाईंलाई नै थाहा भएकाले त्यसैअनुरूप आफूलाई के भएको हो, अनुमान गर्न अनुरोध गर्छु । गुदामैथुन गर्दा यौनसंक्रमण हुन सक्छ, जसले गर्दा गुदा चिलाउँछ । अब गुदामैथुन र यौन सक्रमणका बारेमा केही कुरा गरौं ।

 

गुदामैथुन र यौन संक्रमण

धेरैजसोले यौन सम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन् । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदामैथुन भनिन्छ ।

 

धेरै मानिसले गुदामैथुन भनेकै समलिङ्गी यौनव्यवहार हो भन्ने मान्छन् तर वास्तविकता के हो भने यो समान लिङ्गीहरू तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाको विच पनि हुन सक्छ । वैवाहिक जोडी बीच पनि यस्तो किसिमको यौनव्यवहार हुने गरेको तथ्य अहिले जग जाहेर छ ।

 

मानिसले किन गुदामैथन गर्छन् भन्ने कुराको जवाफ पाउन सजिलो भने छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहारकै रुपमा मान्यता पाएको छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन् ।

 

योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्, जुन यौन संवेदनशील हुन्छन् । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ ।

 

लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal orgasm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्य भन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चताको अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन्, त्यसैले पनि यस किसिमको यौन सम्पर्कका लागि लालायित हुन्छन् ।

 

विचार गर्नुपर्ने कुरा के भने योनिको भन्दा गुदद्वारको संरचना निकै फरक हुन्छ । गुदद्वार यौनसम्पर्कका लागि प्राकृतिक रूपमा बनेको अंग होईन । योनिमा यौन उत्तेजना भएपछि यौनसम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो रस त्यसबाट आउँदैन । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ ।

 

बाहिरी मांसपेशीलाई चाहेअनुरूप संकुचित वा खोल्ने (खुकुलो पार्ने) गर्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो तुल्याउन सकिन्छ ।

 

गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ । गुदामैथुन गर्दा पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै कि K-Y Jelly वा पर्याप्त थुक प्रयोग गर्न सकिन्छ ।

 

गुदामैथुन गर्न तपाई आफू मानसिक रूपमा तयार हुनुपर्छ । यसका बारेमा दुवैले राम्रोसँग कुराकानी गरी यौनसुख प्राप्तिमा दुवैको सहभागीता होस् भन्ने कार्यमा लाग्नुपर्छ । यसमा जोर जबरजस्ती गरिनु हुँदैन ।

 

यदि यौनसाथीमा संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसलाई निदान गर्न चिकित्सकसँग सम्पर्क राख्नुहोला । संक्रमण हुन नदिन कन्डम प्रयोग गर्नु उत्तम उपाय हो । –कान्तिपुर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने