उपचुनाव लड्ने कुनै योजना छैनः नारायणकाजी



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले उपचुनाव लड्ने कुनै योजना नरहेको बताएका छन् ।

श्रेष्ठ गोरखा १ मा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । बर्दिया १ मा चुनाव हारेका नेकपाका अर्का नेता वामदेव गौतमले चुनाव लड्न मरिहत्ते गरेका छन् । पछिल्लो पटक उनले काठमाडौं ७ मा चुनाव लड्न रामवीर मानन्धरलाई राजीनामा गराउन सहमत गराएका थिए ।

तर, चौतर्फी आलोचना भएपछि गौतम तत्काल उपचुनाव नलड्ने निर्णयमा पुगेको छन् ।

शनिबार एक कार्यक्रमका लागि गोरखा आएका नेकपाका अर्का नेता श्रेष्ठलाई पनि सञ्चारकर्मीहरुले यही प्रश्न सोधे । तर, पूर्वपराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले उपचुनावको निर्वाचन लड्ने कुनै योजना नभएको बताए । ‘उपनिर्वाचनमा लड्ने मेरो कुनै योजना छैन’ उनले भने, ‘कसैले प्रस्ताव राखेपनि म स्वीकार गर्दिन ।’

प्राविधिक त्रुटीले भत्ता बढेन

नेकपाका नेता प्रकाशले यो बर्ष प्राविधिक त्रुटीका कारण भत्ता वृद्धि नभएको बताए । तर, पाँच वर्षभित्र पूर्वप्रतिवद्धताअनुसार पाँच हजार पुग्ने उनको दाबी छ ।

‘सरकारले बृद्ध भत्ता पाँच हजार पुर्‍याउने भनिसकेको छ, अहिले बढेन भनेर चिन्ता लिनुपर्दैन’ नेकपा गोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेको आयोजनामा शनिबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले भने, ‘अहिले केही प्राविधिक त्रुटी भयो तर, अबको पाँच बर्षभित्र भत्ता पाँच हजार पुग्छ ।’

सरकारले आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर काम गरिरहेको उनले दाबी गरेका छन् । ‘जम्मा सात महिना बितेको छ, अहिल्यै केही गरेन भन्न मिल्दैन’ उनले भने ।

अपेक्षा धेरै भएका कारण सरकारले गरेका कामको उचित मुल्याकंन नभएको उनले बताए । आन्तरिक तयारीमा केही समय बितेको भन्दै श्रेष्ठले आगामी दिनमा सरकारले परिणाम देखिने गरी काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...