१८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य



 

 

इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ ।

 

स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य गरेका छन् । केही वर्षअघि जेम्बर, पूर्वी जाभालगायतका प्रान्तमा हाई स्कुलबाट स्नातक गर्नुअघि परीक्षण खारेज भए पनि लागू हुन सकेको छैन ।

 

 

कसरी हुन्छ परीक्षण ? दुई औँलाको परीक्षण दिएको सो अभ्यासमा चिकित्सकले महिलाको योनिच्छेद र त्यसको आकारको साथै योनीको शिथिलता अध्ययन गर्छन् । परीक्षणपछि युवतीले यौनसम्बन्ध राखे–नराखेको खुलासा हुने दाबी गरिएको छ ।

 

वासिङ्टन पोस्टका अनुसार सो परीक्षण सेनामा प्रवेश गर्ने महिलाका लागि पहिलो खुड्किलो हो । ‘सेनामा भर्ती हुन चाहने युवतीले नग्न भएर परीक्षणका लागि चिकित्सकका अगाडि तयार हुनुपर्छ ।

 

 

महिलाहरू कथित भर्जिन छन् भन्ने सुनिश्चित गर्न यस्तो गरिन्छ,’ सो पत्रिकाले टिप्पणी गरेको छ । तर, परीक्षणले महिलाको भर्जिनिटी यकिन नहुने विज्ञहरू बताउँछन् । योनिच्छेदको अवस्थाले कुनै पनि युवती भर्जिन भए–नभएको थाहा नहुने उनीहरू बताउँछन् ।

 

 

कुमारीत्व परीक्षणको महत्व सेनाको सूचना विभागका प्रमुख मेजर जनरल फउड बास्याका अनुसार भर्ती हुनुपूर्व परीक्षण अपरिहार्य छ । ‘परीक्षण नगर्ने हो भने खराब चरित्रका व्यक्ति सेनामा प्रवेश गर्न सक्छन् । सेना राष्ट्रका रक्षक हुन् ।

 

उनीहरूलाई नैतिक आचरणमा राख्नुपर्छ,’ उनी भन्छन् । युवतीबारे चासो देखाउने सेना पुरुषबारे भने मौन छ ।उम्मेदवारले भर्जिनिटी गुमाएमा ऊ सेनाका लागि अयोग्य हुने उनी दाबी गर्छन् । ‘इन्डोनेसियाली सेनाले चरित्रहीन उम्मेदवारलाई कुनै हालतमा भर्ना गर्न सक्दैन,’ उनी भन्छन् ।महि

 

 

ला सेनामा भर्ती गर्नुअघि कुमारीत्व परीक्षण अनिवार्य भएको इन्डोनेसियाली सेनाका कमान्डर मोइलेडोका बताउँछन् । परीक्षणले युवतीको नैतिक आचरण थाहा हुने उनको भनाइ छ ।सेनाको सूचना विभागका प्रमुख मेजर जनरल फउड बास्याका अनुसार भर्ती हुनुपूर्व कुमारीत्व परीक्षण अपरिहार्य छ, परीक्षण नगर्ने हो भने खराब चरित्रका व्यक्ति सेनामा प्रवेश गर्न सक्छन्म हिला भर्जिन हुनु र सेनाको फौजमा कार्य गर्न क्षमता राख्नुको एक–अर्कासँग प्रत्यक्ष सम्बन्ध नरहे पनि भर्जिनिटीले महिलाको नैतिकता मापन गर्ने उनको भनाइ छ ।

 

 

परीक्षण आगामी दिनमा पनि निरन्तर हुने उनको भनाइ छ ।भन्छन्, ‘भावी दिनमा पनि हामी निरन्तर परीक्षण गर्नेछौँ । किनकि, सबैभन्दा महत्वपूर्ण विषय भनेको तपार्इंको मानसिकता हो । शारीरिक र बौद्धिक आवश्यकता भनेका कम महत्वका विषय हुन् ।

 

 

परीक्षणको विरोध यातनापीडितका लागि अन्तर्राष्ट्रिय परिषद् (आइआरसिटी)ले पनि परीक्षणले महिलाको मानवअधिकारको हनन गरेको जनाएको छ । ‘परीक्षणले महिलाअधिकारको हनन गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनअन्तर्गत दुव्र्यवहार हो,’ आइआरसिटीले भनेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

 

सेनाका प्रस्तावित बेहुलाले समेत विवाहअघि कन्याको कुमारीत्व परीक्षणको माग गर्ने गरेको आइआरसिटी र एचआरडब्लुले जनाएका छन, तथापी सेनाले भने यसलाई अस्वीकार गरेको छ । परीक्षणको ह्युमनराइट्स वाचले विरोध गरेको छ ।

 

 

वाचका अनुसन्धानकर्ता एन्ड्रिज हारसोनका अनुसार परीक्षणले युवतीमाथि अपमान गरेको छ ।भर्जिनिटी टेस्टबारे विश्वभर बहस उच्च माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीलाई एक राजनीतिक दलले भर्जिनिटी टेस्ट गर्नुपर्ने बताएपछि पछिल्लो समयमा दक्षिण अफ्रिकामा यो गरम विषय बनेको हो ।

 

 

किशोरीको गर्भवती दर रोक्न उसले यस्तो आग्रह गरे पनि दक्षिण अफ्रिकाभर यसको विरोध भएको छ ।परीक्षणभन्दा पनि आत्म–अनुशासनका लागि चेतना आवश्यक भएको उनीहरू बताउँछन् । भारतमा सन् २००९ मा केरेलामा केही भिक्षुणीमाथि गरिएको परीक्षणलाई लिएर हजारौँ महिला प्रदर्शनमा उत्रिएका थिए ।

 

सरकारले आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा सहभागी एक सय ५१ युवतीको भर्जिनिटी टेस्ट भएपछि भारतभर विरोध भएको थियो । सन् २०११ मा इजिप्टको एक अदालतले सेनाको कैदमा रहेका महिला कैदीको योनि परीक्षण बन्द गर्न आदेश दिएको थियो ।

 

विश्वकै अनौठो स्कुल जहाँ होमवर्क र क्लासवर्कमा पनि सेक्स गर्न सिकाइन्छ

 

अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो ।

 

स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ ।

 

उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो ।

 

युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । समाचारपत्रमा खबर छ ।

 

 

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

 

अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको