स्थानीय तहमा नेकपाको संयन्त्र



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ ।

 

पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारी, प्रदेशका अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपालीलगायतको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र बागलुङको बैठकले जिल्लाका सबै स्थानीय तहसम्म पार्टी संयन्त्र गठन गरेको हो ।

पार्टीले बागलुङ नगरपालिकामा गोविन्दराज गौतम, धनबहादुर परियार, गणेशबहादुर थापा, भरत पुरी, रेशम थापा, कुमारविक्रम क्षेत्री, टीकाकुमारी विक र चित्र सुवेदी, जैमिनी नगरपालिकामा भूपाल चालिसे, इन्द्र थापा मगर, चक्र थापा, रुद्र आचार्य, लालबहादुर परियार, शोभाप्रसाद शर्मा, झमन पाण्डे र प्रकाश पौडेल, गलकोट नगरपालिकामा डम्मरबहादुर श्रीस, बुलबहादुर केसी, पदमबहादुर कार्की, पूर्ण काउचा, तिलक उप्रेती, गङ्गा भुजेल, चन्द्रदत्त रेग्मी र खिम साहनी रहेको संयन्त्र गठन गरेको छ ।

ढोरपाटन नगरपालिकामा लक्ष्मण पुन मगर, केशर छन्त्याल, देवकुमार नेपाली, टङ्क पौडेल, चन्द्र अर्याल, शेरमान घर्ती, भीम गौतम र बलबहादुर श्रीपाली, काठेखोला गाउँपालिकामा डिल्लीराज गौतम, हुमाकुमारी जिसी, बालकृष्ण कंडेल, कृष्ण थापा, नवीन कंँडेल र लक्ष्मी खड्का, ताराखोला गाउँपालिकामा सञ्जयकुमार श्रेष्ठ, ऋषिराम रोका छन् ।

त्यस्तै धनप्रसाद बुढा, धनबहादुर विक, धनबहादुर खत्री र फूलमाया पुन, बडिगाढ गाउँपालिकामा तीर्थमान भुसाल, विना थापा मगर, दिनेश शर्मा, वीरेन्द्र बुढा, नरबहादुर क्षेत्री र मिलन रेश्मी, निसीखोला गाउँपालिकामा रुद्र पौडेल, लालवीर लोप्चन, भूमिराज जिएम, प्रेम घर्ती, कुविर विक र कुशल बुढा, तमानखोला गाउँपालिकामा उदिम छन्त्याल, दलप्रसाद सापकोटा, देवबहादुर पुन, झकबहादुर विक र चन्द्रप्रकाश विक, बरेङ गाउँपालिकामा धनीश्वर पौडेल, पूर्ण खनाल, चेतबहादुर थापा, चिनीमाया काला, प्रदीप थापा मगर र मुकुन्द गौतम रहेको संयन्त्र गठन भएको छ ।

संयन्त्रले नियमित बैठक बस्ने, कार्यालय स्थापना गर्ने, पार्टी सदस्यता र चलअचल सम्पत्तिको एकीकृत गर्ने, वडास्तरमा संयन्त्र गर्ने, तिनका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम तोक्ने तथा चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने जिम्मेवारी पाएको जिल्ला संयन्त्रकी मन कुमारी केसीले बताए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि जिल्लागत एकता एकीकरण शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...