ट्रयाक्टरबाट खसेर महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

टेम्के मैयुङ गाउँपालिकामा बिहीबार ट्रयाक्टरबाट ओर्लने क्रममा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

 

खोटेहाङ गाँउपालिका बाप्लुखाकी ३२ वर्षीया निङल्हामु शेर्पा ट्रयाक्टरको ट्रलीबाट ओर्लन लाग्दा अनियन्त्रित भई घटनास्थलमै ज्यान गएको हो । खसेपछि ढुंगोमा उनको टाउको ठोक्किएको बताइएको छ ।

किराना पसलको सामान ढुवानी गरिरहेको को २ त ४६१८ नम्बरको ट्रयाक्टरमा चढेर शेर्पा घर फर्कँदै गर्दा दुर्घटना भएको हो । ट्रयाक्टर टेम्के मैयुङ गाउँपालिका–९, लेखर्क पान्धारेबाट खोटाङको खोटेहाङ गाउँपालिका–२, वाप्लुखातर्फ जाँदै थियो ।

ट्रयाक्टर र ट्रयाक्टर चालकलाई इलाका प्रहरी चौकी पान्धारेले नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...