मनाङ पुगेर स्याउ फार्म उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने अबको पाँच बर्षमा निर्यात गछौँ



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफूमाथि गरेको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् । उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङ स्याउ फार्मको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा र विश्वासलाई फरक पर्न नदिने बताएका हुन् ।

 

‘देशले म सँग विकासको अपेक्षा गरेको छ । शुसासनको अपेक्षा गरेको छ । भष्ट्राचार नियन्त्रणको अपेक्षा गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको यी विश्वास र अपेक्षालाई तलमाथि पर्न दिन्न ।’

 

प्रधानमन्त्री ओलीले भष्ट्राचार नियन्त्रणका कदम दृढताका साथ थप प्रभावकारी ढंगले अघि बढाइने बताए । भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै उनले भने, ‘भ्रष्टचारीको मुख हेरिँदैन र पद केही हेरिँदैन । जुनसुकै तहको भएपनि कारबाही हुन्छ । यसमा सबै ढुक्क हुनुहोस ।’

 

उनले उर्भर भूमि र स्रोत साधन प्रयोग गरेर देशलाई समृद्ध बनाएरै छाड्ने विश्वास व्यक्त गरे । ओलीले देश सम्वृद्ध र सुखी नेपाली बनाउन धेरै समय नलाग्ने बताए ।

 

‘अहिलेको सरकार जनताको सरकार हो । यसले जनताका निम्ति काम गर्छ, यहाँहरु ढुक्क रहनुहोस’, प्रधानमन्त्री ओलीले भने । विकास गर्ने संकल्प लिएर अघि बढ्दा कुनै अभाव नहुने उनले बताए । उनले विकास गरेरै देशलाई धनी बनाउन सकिने बताए ।

 

प्रधानमन्त्री ओलीले कृषिमा व्यवसायिक र आधुनिकीकरण गरेर समृद्धिको यात्रा अघि बढाउन सकिने बताए । कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न सकेमा आयात प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गर्न सकिने बताए । मनाङ एग्रो फार्मले आयात प्रतिस्थापन र निर्यात व्यबस्थान गर्ने दिशाको सुरुवात गरेको उनले बताए ।

 

कृषिमन्त्री चक्रपाणि खनाललाई सँगै लिएर आएका ओलीले चालु आर्थिक वर्षमा देशका ४ जिल्लामा एक लाख उन्नत प्रजातिका स्याउका विरुवा वितरण गर्न लागिएको बताए ।

 

उनले मनाङसहित मुस्ताङ, जुम्ला र कालिकोटमा २५/२५ हजार विरुवा वितरण गरिन लागिएको बताए । विदेशबाट विरुवा खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत १० करोड बजेट विनियोजन गरिएको उनले बताए ।

 

प्रधानमन्त्री ओलीसँगै नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुभास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचेतक देव गुरुङ र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु मनाङ आएका थिए ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...