सेनामाथिको हस्तक्षेप स्वीकार्य छैन: प्रधानसेनापति



हाम्रो इकोनोमि

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्।

 

प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार  थापाले भने, ‘लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन ।’

 

थापाले नेपाली सेना ‘चेन अफ कमाण्ड’मा चल्ने संगठन भएकाले सेनामाथि हुनसक्ने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य नहुने प्रष्ट पारे ।

 

उनले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचनालाई परिवर्तन गर्न नहुने बताए । नेपाली सेनाको आफ्नै इतिहास र गरिमा रहेको भन्दै उनले यस्तो बताएका हुन्। यद्यपी, उनले संविधान बमोजिम सरकारले दिएका निर्देशन पालना गर्न नेपाली सेना सदैव तयार रहेको बताए।

 

केही समूहले विखण्डनका कुरा गरिरहेको भए पनि त्यस्ता गतिविधिलाई निस्तेज पार्न सरकारले सेनालाई कुनै अधिकार नदिएको उनको भनाइ छ ।

 

‘सरकारले आवश्यक नठानेर सेनालाई अहिले विखण्डनकारीका गतिविधि निस्तेज पार्ने म्यान्डेट नदिएको हुनसक्छ, यो नेपाली सेनाको डोमेनमा पर्दैन’, प्रधानसेनापति थापाले भने, ‘तर नेपाली सेना विखण्डनकारीका गतिविधिबारे पूर्णरुपमा सजग र जानकार छ ।’

 

फरक प्रसंगमा प्रधानसेनापति थापाले नेपाली सेना भित्र भनसुनका आधारमा कुनैपनि काम नहुने बताए ।

 

आफू संगठन सुदृढीकरणको बाटोमा रहेकाले सरुवा, बढुवा, भर्ना र शान्ति मिसनमा छनोट गर्दा कसैको भनसुन नलाग्ने उनको भनाइ छ।  थापाले भनसुन, नातावाद र निकटस्थताका आधारमा नभइ योग्यता र क्षमताका आधारमा सकलदर्जाले अवसर पाउने बताए ।

 

‘सरुवा, बढुवा र शान्ति मिसनमा योग्यता क्रमका आधारमा छनोट हुन्छ’, थापाले भने, ‘सबैले समान अवसर पाउँछन्।’  नेपाली सेना भित्र हुने भ्रष्टाचार छानबिन गर्न सैनिक विशेष अदालतलाई सक्रिय बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...