सेनामाथिको हस्तक्षेप स्वीकार्य छैन: प्रधानसेनापति



हाम्रो इकोनोमि

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्।

 

प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार  थापाले भने, ‘लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन ।’

 

थापाले नेपाली सेना ‘चेन अफ कमाण्ड’मा चल्ने संगठन भएकाले सेनामाथि हुनसक्ने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य नहुने प्रष्ट पारे ।

 

उनले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचनालाई परिवर्तन गर्न नहुने बताए । नेपाली सेनाको आफ्नै इतिहास र गरिमा रहेको भन्दै उनले यस्तो बताएका हुन्। यद्यपी, उनले संविधान बमोजिम सरकारले दिएका निर्देशन पालना गर्न नेपाली सेना सदैव तयार रहेको बताए।

 

केही समूहले विखण्डनका कुरा गरिरहेको भए पनि त्यस्ता गतिविधिलाई निस्तेज पार्न सरकारले सेनालाई कुनै अधिकार नदिएको उनको भनाइ छ ।

 

‘सरकारले आवश्यक नठानेर सेनालाई अहिले विखण्डनकारीका गतिविधि निस्तेज पार्ने म्यान्डेट नदिएको हुनसक्छ, यो नेपाली सेनाको डोमेनमा पर्दैन’, प्रधानसेनापति थापाले भने, ‘तर नेपाली सेना विखण्डनकारीका गतिविधिबारे पूर्णरुपमा सजग र जानकार छ ।’

 

फरक प्रसंगमा प्रधानसेनापति थापाले नेपाली सेना भित्र भनसुनका आधारमा कुनैपनि काम नहुने बताए ।

 

आफू संगठन सुदृढीकरणको बाटोमा रहेकाले सरुवा, बढुवा, भर्ना र शान्ति मिसनमा छनोट गर्दा कसैको भनसुन नलाग्ने उनको भनाइ छ।  थापाले भनसुन, नातावाद र निकटस्थताका आधारमा नभइ योग्यता र क्षमताका आधारमा सकलदर्जाले अवसर पाउने बताए ।

 

‘सरुवा, बढुवा र शान्ति मिसनमा योग्यता क्रमका आधारमा छनोट हुन्छ’, थापाले भने, ‘सबैले समान अवसर पाउँछन्।’  नेपाली सेना भित्र हुने भ्रष्टाचार छानबिन गर्न सैनिक विशेष अदालतलाई सक्रिय बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...