जंगलमा लगेर सामुहिक बलात्कार गर्ने पक्राऊ



हाम्रो इकोनोमि

 

 

रुपन्देहीकी एक किशोरीमाथि फिल्मी शैलीमा सामुहिक बलात्कार (ग्याङ रेप) भएको छ ।

 

 

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुई जना पक्राउ गरी सार्वजनिक गरेको छ । ती १६ वर्षीया किशोरीमाथि उनीहरुले असोज २३ गते सामुहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

 

बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जङ्गलमा मोटरसाइकलमा पुर्‍याएर साँझ ८ बजेतिर सामुहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् ।

 

जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका–१० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ ।

 

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिएका छन् ।

 

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताएका छन् । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...