प्रचण्डको यू–टर्न ?, रामवीरले राजीनामा नदिने, किन पछि हट्यो नेकपा



 

प्रचण्डको उक्साहटमै रामवीरले राजीनामा पार्टी कार्यालयमा बुझाए । सम्भवतः रकमको अफर प्रचण्डले नै गरेका हुन् । रामवीरले संसदीय समितिमा रहन आग्रह गरेका थिए । नपाएपछि ओलीसंग टाढिए । कुनै समय ओलीका बफादार रामवीर एकाएक प्रचण्डतिर तानिए ।

 

ओलीको सेखी झार्न प्रचण्डले रामवीरलाई मनाएर वामदेवलाई अगाडि सार्दै थिए । वामदेवलाई जसरी पनि संसदमा पुग्नुछ र ओलीसंग बदला लिनु छ ।

 

वामदेवलाई लाग्छ कि बर्दियाबाट चुनाव हार्नुमा ओलीले रचेको चक्रब्यूह नै हो ।

प्रचण्ड चलायमान हुन्छन् । यस्तो लाग्छ कि बुधबार उनले  ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरेर नयाँ मोड ल्याउन खोज्दैछन्  ।

 

यो वामदेवलाई मत्थर पार्नका लागि हो वा माहोललाई ? भनी अझै यकिन भइसकेको छैन । तर प्रचण्ड जुनसुकै बेला यू–टर्न हुन बेर नमान्ने नेता भएको वाम विष्लेषकहरु नै बताउँछन् ।

 

जो जसको इशारामा नाचे पनि ७ नम्बर काण्डले रामवीर र वामदेवको राजनीतिक करियरमा नराम्रो प्रभाव पारेर जाने देखिन्छ ।

 

गौतमलाई सांससद बनाउनका लागि काठमाडौं क्षेत्र नम्बर ७ का  नेकपाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने बताएका थिए ।

 

तर, सामाजिक सञ्जाल तथा नेकपा भित्रै उनको राजिनामाको चर्को विरोध भएपछि नेकपाले रामवीरलाई राजीनामा गराउने निर्णयबाट पछाडी हटेको छ ।

 

खासगरी नेकपाका नेता भीमबहादुर रावलको अडानपछि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वामदेवलाई चुनावमा नलडाउने पक्षमा स्रोतको दावी छ ।

 

नेकपाका प्रदेश ७का इन्चार्ज समेत रहेका नेता भीम रावलले वामदेवले काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने विषयमा नेकपाको स्थायी कमिटिमा व्यापक छलफल हुनु पर्ने अडान गर्दै आएका छन् ।

 

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा एक पटक हारिकसका नेता वामदेवले चुनाव लड्ने विषयमा चर्को आलोचना भएको छ ।

 

लोकतन्त्रमा जनताले हराइसकेका वामदेवलाई फेरि उपनिर्वाचनमार्फत् सांसद बनाउनु खोज्नु लोकतन्त्रकै धज्जी उडाउनु सरह रहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

 

यसरी विभिन्न विरोध तथा आलोचनापछि नेकपाले वामदेवलाई चुनाव नलडाउने पक्षमा पुगेकाले उनको लामो प्रयासपछिको सांसद सपना फेरि अधुरै रहने भएको हो ।

७ नम्बरले रामवीर र वामदेवको करियर समाप्त हुने खतरा

यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अलोकप्रिय समयमा छ । गत फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएपछि बहुमत प्राप्त सरकारले निकै ठूलो फड्को मार्ने अपेक्षा गरियो ।

 

कम्युनिष्ट सरकारले अब बेरोजगारी घटाउँछ, भ्रष्टाचार हटाउँछ र अहिलेसम्मका कुनै सरकारले गर्न नसकेको सुशासन कायम गराउँछ भन्ने आशा थियो ।

 

तर सरकारले सबै उल्टो गर्यो । त्यसैले पहिलो कार्यकालका केही स्मरणीय कामलाई समेत बिर्साउँदै ओली सरकार सात महिनामै अलोकप्रिय भयो ।

 

जतिसुकै अलोकप्रिय भए पनि सरकारले उत्कृष्ट काम गरेको भन्न छाडेको छैन । अनि काम गर्न नपाएको भनेर विपक्षीलाई आरोप लगाउन पनि छाडेको छैन ।

 

सबै काम अलोकप्रिय पक्कै छैन । मन्त्रिपरिषदका सबै सदस्य पक्कै अलोकप्रिय छैनन् । तर पछिल्लो समय प्रधानमन्त्री ओलीसमेत सन्तुष्ट हुन सकेका छैनन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

 

आगोको भुँग्रोमा रामवीर र वामदेव
पछिल्लो समय मुलुक एकाएक रामवीरको विदाइ र वामदेवको स्वागतमा तातेको छ । रामवीर अर्थात् काठमाडौं क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धर । वामदेव अर्थात् बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेव गौतम ।

 

रामवीरले वामदेवलाई संसदमा पुर्याउनका लागि पद छाड्न तयार भए । उनको तर्क रह्यो देश विकासका लागि वामदेव अपरिहार्य ।

 

अर्थात् दुई तिहाइको समर्थन प्राप्त केपी शर्मा ओलीको सरकारले काम गर्न नसकेको एउटै कारण वामदेव संसदमा नभएर भन्ने तर्क रामवीरको ।

 

रामवीरले आफनो बर्णनमा भन्दै आएका छन् – हदै भए म जिन्दगीमा उपप्रधानमन्त्रीसम्म बन्न सकुँला, वामदेव प्रधानमन्त्री नै बन्नुहुनेछ ।

 

पार्टीभित्रको चर्को विवाद र मतदाताले काम गर्ने बेलामा छाडेको भनेर रामवीरप्रति देखाएको आक्रोशले गर्दा वामदेव उपनिर्वाचनमा लड्दा जित्ने आधार कतै पनि भेटिँदैन ।

 

पैसाको खोलो, आन्तरिक कोकोहोलो 
०७४ को निर्वाचनमा भएको खर्च विवरण अनुसार एक निर्वाचन क्षेत्रलाई ११ करोड रुपैयाँ खर्च भएको छ । यो हिसाबले उपनिर्वाचन भयो भने राज्य फेरि ११ करोड घाटामा हुनेछ ।

 

यो नेकपाका एक सांसदका ठाउँमा अर्का सांसदलाई पुर्याउन गरिएको मात्र चुनाव भएकाले यसको खर्च नेकपाले नै राज्यलाई दिनुपर्छ भन्ने तर्क पनि आइरहेको छ ।

 

उकातिर ओलीले मितव्ययी अपनाउन भन्दै जाने अनि अर्कातिर यस्तै किसिमका हर्कत गरेर राज्यको रकममाथि खोलो बगाउँदै जाँदा अलोकप्रिय बढ्दै गएको छ ।

 

यसले पैसाको खोलो बगाउन नेकपा जस्तो सुकै कदम चाल्न तयार छ भन्ने देखाउँछ । आन्तरिक कोकोहोलो छँदैछ । उच्च स्रोतका अनुसार वामदेव आफू सांसद बन्नका लागि एक अर्व खर्च गर्न तयार छन् ।

 

त्यसैगरी रामवीरले पाँच करोड रुपैयाँ नगद लिनुका साथै वामदेवलाई छाडेबापत राष्ट्रिय सभा सांसद र मन्त्री पद पाउने छन् । यदि यस्तो हो भने रामवीरको राजनीतिक करियर आजैका दिनदेखि सकियो ।

 

क्षेत्र ७ का एक पाका कम्युनिष्ट कार्यकर्ताले भने, ‘बाँचेरै त होला आजको दिन देख्नु परेको, रामवीर यस्तो होला भनेर त सोचेको थिइन, त्यल्लाई अहिलेसम्म सधै भोट दे’को खेर गयो ।’

 

रामवीरले छाड्ने भनेपछि अहिले क्षेत्र ७ मा काँग्रेस वा कम्युनिष्ट वा अन्य पार्टी भन्ने हुन छाडेको छ । रामवीरले धोका दिएको मात्र कुरा उठेको छ । रामवीरको ठाउँमा उठ्ने जो कसैलाई हराउने नीति बनाउन थालेका छन् ।

 

सबैभन्दा बढी आक्रोश नेकपाका नेता तथा कार्यकर्ता नै भएका छन् । वामदेवलाई टुरिष्टको उपमा थमाउँदै टुरिष्ट नेतालाई छिर्न नदिने समेत भनिँदैछ ।

 

ओलीलाई कमजोर आँक्दा
काठमाडौं ७ मा रामवीरले छाड्ने र वामदेव आउने परिस्थ्तिि ओलीलाई कमजोर आँक्दा गरिएको परिणाम नै हो । यसअघि डोल्पाका सांसदले वामदेवलाई छाड्न खोज्दा ओलीले नै रोकेका थिए । त्यसपछि कहिले दैलेख, बर्दिया, बाँके, नवलपरासीका सांसदको चर्चा पनि आयो ।

 

ओलीले कसैलाई पनि स्वीकृति दिएनन् । ओली अमेरिका र कोस्टारिका गएका बेलामा रातारात रामवीर मायाजालमा फसे । आफू इमानदारी बाटोबाट अगाडि बढ्न सक्दिन भन्ने लागेरै रामवीरले चोर बाटो आपनाए ।

 

तर यो योजना बनाउनेहरुले ओलीको भूमिका बिर्सिए । ओलीले पनि भूमिका खेल्न सक्छन् भन्ने कसैलाई लागेन । केही दिनदेखि ओली शान्त छन् ।

 

सचिवालय बैठक बस्न सकेको छैन । तर ओली कमजोर छैनन् । उनले केही न केही चक्रब्यूह रच्छन् भन्ने मुल्यांकन धेरेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्