नरदेवीको आयुर्वेद अस्पतालमा झेल : फार्मेसी बन्द गरेर निजीमा लुट्ने खेल



 

अस्पतालभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू भनेर सर्वोच्च अदालतले फैसला गरेपछि देशका अधिकांश सरकारी अस्पतालमा यतिबेला अस्पतालकै फार्मेसी सञ्चालनमा ल्याएका छन् । तर आयुर्वेद चिकित्सालय नरदेवीले भने सर्वोच्चको फैसला पालना गर्न छाडेर चलाइरहेको औषधि पसलसमेत बन्द गराइदिएको छ ।

 

चिकित्सालयले सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै सञ्चालनमा आइरहेको फार्मेसी पसल २ महिनाअघि बन्द गराएको हो । अस्पतालले आफ्नो औषधि पसल बन्द गराएपछि बिरामीहरू निजी फार्मेसीमा चर्को शुल्क तिरेर औषधि खरिद गर्न बाध्य भएको गुनासो एक बिरामीले गरे ।

 

स्रोतका अनुसार, डा. श्यामबाबु यादव चिकित्सालयको महानिर्देशकमा नियुक्त भएर आएलगत्तै देखि औषधि पसल बन्द भएको हो । लामो समयदेखि औषधि पसल बन्द रहे पनि व्यवस्थापनले सञ्चालनका लागि कुनै तदारुकता नदेखाएको अस्पतालकै एक कर्मचारीले बताए ।

 

यसबारे जानकारी लिन महानिर्देशक यादवसँग सम्पर्कको प्रयास गर्दा चिकित्सालयका कर्मचारीले व्यस्त रहेकाले पछि सम्पर्क गर्न आग्रह गरे ।

 

निजी फार्मेसीसँगको मिलेमतोमा विगतदेखि नै चिकित्सालयका चिकित्सकहरूले औषधि पसल सञ्चालनमा उदासीनता देखाउँदै आएका छन् ।

 

कतिसम्म भने केही चिकित्सकले सम्बन्धित केही फार्मेसीले मात्रै बुझ्ने गरी प्रस्क्रिप्सन लेखिदिएर बिरामीलाई भनेकै स्थानमा जान बाध्य पार्दै आइरहेका छन् ।

 

पछिल्लो समय औषधालयको पसल बन्द गराएर व्यवस्थापनले निजीको हितमा काम गरेको गुनासो बिरामीहरूको छ ।

 

यता, चिकित्सालयका महानिर्देशक डा. यादव नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुछिएका छन् । यादवको इन्टरमिडियट तथा एमडी तहको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै अख्तियारमा उजुरी परेको छ ।

 

अख्तियार स्रोतका अनुसार अहिले उनीमाथि लागेको अभियोगबारे छानबिन भइरहेको छ ।साँघु साप्ताहिक

भेडा–च्याङ्ग्रा निर्यात

दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।

 

ल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताउनुभयो ।

 

विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उहाँको भनाइ थियो ।

 

यस वर्ष तिब्बतेली भेडा–च्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । विगतमा सयौँ भेडा–च्याङ्ग्रा तिब्बतबाट आयात हुन्थ्यो उहाँले भन्नुभयो, “यस वर्ष हालसम्म आएको छैन ।”

 

व्यापारीले जिल्लाबाट रु ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने