वामदेवकालागि म पनि सांसद छोड्न तयार छु–मन्त्री महासेठ



 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

 

उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ ।

 

तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ ।

 

उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामबीर मानन्धरले राजिनामा दिने भनेर भन्नुभएको छ । तर, राजिनामा दिनुभएको छैन ।

 

र, उहाँले राजिनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजिनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन ।’

 

 

साक्षात्कारमा बोल्दै उनले सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो पार्टीभित्र अहिले लाखौं सदस्यहरु हुनुहुन्छ, सबैले आफ्नो असहमति लिखित रुपमै पार्टीमा दर्ता गराउन सक्नुहुन्छ । लिखित रुपमा दर्ता भएका असहमतिहरुमाथि छलफल हुन्छ ।’ महासेठले सरकार अहिले संकटमा नभएको पनि जिकिर गरे ।

 

उनले भने,‘सरकार दुई तिहाईको छ । हामी दायाँ÷बायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’ उनले अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाईदिनेपनि दाबी गरे ।

नेकपामा फेरिँदै समीकरण, रामवीरलाई राष्ट्रिय सभा सदस्यमा लगेर मन्त्री बनाउने

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउनका लागि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने घोषणा गरेको विषयले राजनीतिक माहोल गर्माएको छ ।

 

सांसद मानन्धर स्वयंले पनि वामदेवका लागि स्थान खाली गर्न आफूले राजीनामा दिने घोषणा गरिसकेका छन् । मानन्धरले पार्टीले निर्णय गर्नासाथ सांसद पदबाट राजीनामा दिने घोषणा पत्रकार सम्मेलनमार्फत् नै गरिसकेका छन् । अब पार्टीले कस्तो निर्णय गर्छ भन्ने विषयले वामदेव काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवार बन्ने कि नबन्ने टुंगो लाग्नेछ ।

 

रामवीरले राजीनामा दिने निर्णय गरेसँगै नेकपाका नेता कार्यकर्ता विभाजित भएका छन् । वामदेवलाई सांसद बनाउनु हुने र नहुने पक्षमा नेकपाको शीर्ष नेतृत्व नै विभाजित भएको छ ।

 

पार्टी अध्यक्ष केपी ओलीका विश्वास पात्र रामवीरले राजीनाको घोषणा गर्नुलाई कतिपयले ओलीको ‘ग्रिन सिग्नल’को रूपमा लिइएपनि त्यसलाई स्वीकार गरिहाल्ने अवस्था छैन । ओलीको विश्वास पात्र भनिएपनि पछिल्लो समय मानन्धर ओलीसँग टाढिएका थिए ।

 

प्रधानमन्त्री भएपछि ओलीसँग भेटेर कुराकानी गर्न खोजेपनि मानन्धरले भेट्न पाएका थिएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने वामदेवलाई सांसद बनाउन लागिपरेका छन् ।

 

नेकपाका अर्का नेता माधवकुमार नेपाल पनि रामवीर प्रकरणमा मौन बसेका छन् । उनले मौन स्वीकृति दिएको कतिपयको बुझाइ छ । पराजित भएर पनि प्रचण्डले संसदमा ल्याएका कारण प्रधानमन्त्री बनेका नेता नेपाल वामदेवलाई संसदमा ल्याउन सकारात्मक भएको नेकपाका एक नेताले बताए ।

 

वामदेवलाई संसदमा ल्याउन नहुने पक्षमा नेकपाको सचिवालयमा ईश्वर पोखरेल रेहेका छन् । ‘अरु नेता वामदेवको पक्षका सकारात्मक देखिएका छन्,’ नेकपाका एक नेताले भने, ‘पोखरेलले भने वामदेवलाई पार्टीमा आफ्नो प्रतिस्पर्धीको रूपमा हेर्नुभएको छ ।’

 

बुधवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्न जानुपूर्व पोखरेलले कूटनीतिक रूपमा त्यसको विरोध गरेका छन् ।

 

सामाजिक सञ्जालमा पोखरेलले लामो विचार राख्ने क्रममा लेखेका छन्, ‘दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयंले स्थापित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नु जरुरी छ । हाम्रा राम्रा र हामी स्वयंले विकास गरेका राम्रा कुराले मात्र हामीलाई बचाउन सक्नेछन् ।’

 

मन्त्रीको लोभ !

नेकपा स्रोतका अनुसार मानन्धर यत्तिकै सांसद पद छोड्न तयार भएका होइनन्, उनले गतिलो आश्वासन पाएका छन् ।

 

 

२० वर्षदेखि उक्त क्षेत्रमा जित हात पार्दै आएका रामवीर पहिला काठमाडौं महानगरपालिकाको वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार दुई पटक सांसद बने । ओलीको विश्वास पात्र, काठमाडौंको रैथाने नेवार समुदाय र दुईदुई पटक अत्याधिक मतसहित चुनाव जित्दा पनि रामवीरले लाभको पद पाउन सकेका छैनन् ।

 

स्थानीय तहको चुनावका बेला रामवीरले काठमाडौं महानगरपालिकाको मेयर बन्ने रुचि देखाएका थिए । तर ओलीले प्रतिनिधिसभा निर्वाचनमा जितेपछि मन्त्री बनाउने आश्वासन दिएपछि मानन्धर पछि हटे । तर उनी मन्त्री बन्न सकेकन् ।

 

मन्त्री बन्ने महत्त्वाकांक्षाले उनलाई पाँच वर्षका लागि जितेको निर्वाचन क्षेत्र छोड्छुभन्दा कुनै संकोच नलागेको पूर्व एमालेका एक नेताले बताए ।

 

प्रचण्ड र वामदेवले दुई वर्षपछि खाली हुने राष्ट्रिय सभा सदस्यमा लगेर मन्त्री बनाउने आश्वासनमा मख्ख परेर रामवीरले पद छाड्न लागेको पूर्व एमाले नेता÷कार्यकर्ताको आरोप छ ।

 

नेकपामा फेरिएको समीकरण

पार्टी एकता भएको पाँच महिनापछि नेकपामा गुटगत अभ्यास शुरू भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आफू पक्षधरलाई पेलेको र सरकारले राम्रो काम नगरेको भन्दै नेकपाका नेता माधवकुमार नेपाल आफू पक्षधर नेतालाई जमघट गर्न थालेका छन् भने समानान्तर कमिटी  बनाउने कसरत पनि गरिरहेका छन् ।

 

नेता नेपाल पछिल्लो समयमा पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमसँग नियमित छलफलमा रहेका छन् ।

 

अध्यक्ष ओलीको कार्यशैलीसँग खास सन्तुष्ट नरहेका पूर्व माओवादी नेताहरू पनि नेता नेपालको निकट पुगेका छन् ।

 

पार्टी एकताका क्रममा ओलीसँग दुई वर्षपछि प्रधानमन्त्रीमा सहमति गरेका प्रचण्ड ओलीले सरकार पाँच वर्ष चल्छ भन्ने अभिव्यक्ति अमेरिकाबाट फर्कँदा दिएसँगै संशयमा पुगको र सोही कारण उनी नेता नेपाल र वामदेवसँग नजिक पुगको नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्