बंगलादेशका पूर्व प्रधानमन्त्रीका छोरालाई मृत्युदण्डको सजाय



हाम्रो इकोनोमि

 

 बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई मत्युदण्ड फैसला सुनाएको छ ।

 

सन् २००४ मा र्‍यालीमा भएको बम आक्रमणमा दोषी रहेको भन्दै टारिक रहमानलाई मृत्युदण्डको सजाय सुनाइएको हो । यसमा दोषी पाइएका अन्य १९ जना मानिसहरुलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ ।

 

सन् २००४ मा भएको सो बम आक्रमणमा परी २४ जना मानिसहरुको ज्यान गएको थियो । साथै थप ५ सय मानिसहरुको घाइते भएका थिए । जसमा वर्तमान प्रधानमन्त्री शेख हसिना पनि रहेकी थिइन् ।

 

बंगलादेशको अदालतले गत सेप्टेम्बरमा यो मुद्दाको सुनुवाई सकाएको थियो । सुनुवाइ सकिएसँगै बुधबार अदालतले यस्तो फैसला सुनाएको हो ।

 

अदालतको फैसला अउनुभन्दा अगाडि ढाकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा व्यवस्था बलियो पार्नका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...