नारायणकाजीलाई पनि सांसद बनाइयोस् भन्दै झलनाथले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले संसदमा नरायाणकाजी श्रेष्ठको समेत आवश्यकता रहेको बताएका छन् । उनले एउटा अन्रतवार्ताको क्रममा संसदमा बामदेव गौतमको मात्रै नभएर नारायणकाजी श्रेष्ठको समेत आवश्यकता रहेको औंल्याएका हुन् ।

 

बर्दिया क्षेत्र नम्बर एक बाट पराजित भएका नेकपाका नेता बामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर सातबाट उप निर्वाचनमार्फत् सांसद बनाउन लागिएको छ । उक्त क्षेत्रका नेकपा सांसद रामवीर मानन्धरले गौतमलाई सांसद बनाउनकै लागि राजिनामा दिइसकेका छन् ।

 

सोही सन्दर्भमा लिइएको एउटा अन्तरवार्तामा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले संसदमा नारायणकाजीको समेत आवश्यकता रहेको र उनलाई पनि उप निर्वाचनमार्फत् सांसद बनाउनु पर्ने माग गरेका हुन् ।

 

गत वर्ष भएको प्रतिनिधि सभाको निर्वाचनमा नारायणकाजी श्रेष्ठ गोरखाबाट बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

फूट र विभाजन गर्न खोज्नेहरुबाट अब पार्टी चल्नैन ईश्वर पोखरेलको

सत्तारुढ नेकपाको पाँचौ बरियताका नेता वामदेव गौतमले काठमाडौं-७ बाट चुनाव लड्ने तयारी गरिरहँदा पार्टीको ९ सदस्यीय हाइकमाण्डका अधिकांश नेताहरुले रहस्यमय मौनता साँधिरहेका बेला सातौं बरियताका ईश्वर पोखरेलले भने कुटनीतिक कटाक्ष गरेका छन् ।

 

सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीपछिको बरियतामा रहेका उपप्रधानमन्त्री तथा पार्टी हाइकमाण्डका सदस्य पोखरेलले प्रतिकात्मक रुपमा अध्यक्ष प्रचण्ड र बामदेव गौतमको आलोचना गरेका छन् । देशब्यापी रुपमा नेकपा कार्यकर्ता पंक्तिबाट बामदेवको चुनाव लड्ने चाहनाप्रति तीव्र आलोचना भइरहेका बेला पूर्व महासचिव समेत रहेका पोखरेलले मुख खोलेका हुन् ।

 

पोखरलले पार्टीभित्रका पूर्व माओवादी खेमाप्रति पनि तीव्र कटाक्ष गरेका छन् । उनले क्रान्तिकारी परिवर्तन गर्ने नाममा विदेशी शक्तिसँग आफूहरुले कुनै गोप्य साँठगाँठ नगरेको भन्दै प्रचण्डप्रति सांकेतिक प्रहार गरेका छन् ।

 

पोखरेलले बुधवार विहान फेसबुकमार्फत गौतम र प्रचण्डप्रति सांकेतिक कटाक्ष गर्दै प्रधानमन्त्री निवास बालुवार पुगेको स्रोतले जनाएको छ । पोखरेल बालुवाटार पुगेको केहीबेरमा बरिष्ठ नेता माधवकुमार नेपाल पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । नेपाल प्रवेश गरेलगत्तै महासचिव विष्णु पौडेल भने बालुवाटारबाट बाहिरिएको स्रोतले जनाएको छ ।

 

पोखरेलले बालुवाटार पस्नुअघि फेसबुकमा बामदेवको चुनाव लड्ने प्रसंगलाई प्रत्यक्ष रुपमा उल्लेख गरेका छैनन् । उनलाई चुनाव लडाउने प्रयासप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो प्रसंगलाई नै लिएर उनले आफ्नो धारणा प्रतिकात्मक रुपमा व्यक्त गरेको पोखरेल निकट स्रोतले जनाएको छ ।

 

प्राप्त भएको उचाइसंगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु ज़रूरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका , विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने ज़रूरी छ । हाम्रा राम्रा कुराहरूले, हामी स्वयमले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन् , हामी नयाँ स्तरमा उठ्न सक्नेछौं !!

 

पोखरेलले बिभिन्न भूमिका जोड्दै लेखेका छन्-…प्राप्त भएको उचाइसँगै चुनौतीहरु पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिबेला पनि हेक्का राख्नु जरुरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जरुरी छ । हाम्रा राम्रा कुराहरुले हामी स्वयमले विकास गरेका राम्रा कुराहरुलेमात्र हामीलाई बचाउन सक्नछन् । हामी नयाँस्तरमा उठ्न सक्नेछौं ।

 

नयाँ स्तरमा एकतावद्ध हुनु ज़रूरी छ !
———————
हिजो अत्यन्त प्रतिकूल अवस्थामा , एक किसिमले केही नभएको अवस्थामा , अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं । मैलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास गर्यौं ! सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौं ।

 

यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति- विसंगतीका विरूद्धमा जुध्यौं र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौं – बढिरह्यौं ! हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं , फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजीत गर्यौं ।

 

यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं ! हामी
‘क्रान्तिकारी शक्ति निर्माण गर्ने ‘ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने ‘ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । देशमा
‘

 

क्रान्तिकारी परिवर्तन ‘ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी ‘ संघर्ष ‘ मा रमाएनौं , त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन ।

 

यसरी , हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौं , राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं !
अहिले हामी भन्दैछौं – हामी थप एकतावद्ध बनेका छौं ! कता हो कता , शक्तिशाली पनि बनेका छौं !! तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयमले स्थापित गरेका विचार , विधि , मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु ज़रूरी छ ।

 

पोखरेलले भनेका छन्- हामी जनताले नरुचाएका वा जनतालाई हानी पुर्‍याउने रुमानी संघर्षमा रमाएनौं । हामीभित्र आत्मकेन्दि्रत जंगली महत्वाकांक्षा कहिले पनि झाँगिन पाएन, फल्न फूल्न पाएन । …हामीले क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने नाममा विदेशी भूमिमा आश्रित रहन चाहेनौं ।

 

पोखरेलले बामदेव गौतमप्रति संकेत गर्दै आफू सधैं पार्टीभित्र फूट, बिभाजन र विकृति विसंगतिको विपक्षमा उभिएको दावी गरेका छन् ।

 

पोखरेलले भनेका छन्- हामी यसक्रममा पार्टीभित्र देखापर्ने विकृति विसंगतीका विरुद्धमा जुध्यौं र त्यसका बाहकहरुलाई पराजित गर्दै अघि बढ्यौं । हामी एकताबद्ध हुने कुराको पक्षम उभिइरहृयौं, फूट विभाजनका विरुद्धमा चट्टानी ढंगले खडा भयौं र पराजित गर्‍यौं ।

 

नेकपा स्रोतका अनुसार बामदेव गौतम काठमाडौं ७ मा चुनाव लड्ने कुराप्रति सचिवालयमा ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । झलनाथ खनालले सो क्षेत्रका आफू निकट कार्यकर्तालाई फेान गरेरै गौतम चुनाव लड्ने वातावरण बनाउन निर्देशन दिएका छन् । माधव नेपालले मौनता साँधेका छन् भने प्रचण्डले बामदेवलाई चुनाव लड्ने वातावरण बनाइरहेका छन् ।

 

वामदेवलाई चुनाव लडाउने सन्दर्भमा केपी ओली निर्णायक पात्र हुन् । ओलीले चाहेमात्र आफू चुनाव लड्ने जानकारी गौतमले आफू निकट नेता कार्यकर्तालाई बुधवार विहान पनि गराएका छन् । ओलीका विश्वासपात्र रामवीर मानन्धर राजीनामा दिन तयार हुनु भनेको ओली बामदेवलाई चुनाव लडाउन तयार रहेको संकेतका रुपमा बुझ्नुपर्ने नेताहरुको भनाइ छ ।

 

तर पार्टीका अधिकांश नेता कार्यकर्ताले भने बामदेव जबरजस्ति काठमाडौंमा चुनाव लडेर सांसद हुन खोज्नु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिरहेका छन् । गौतमलाई काठमाडौंबाट चुनाव जिताउने जिम्मा लिन नसकिने तत्कालीन एमालेका काठमाडौं जिल्ला अध्यक्ष तथा काठमाडौं ३ का सांसद कृष्ण राईले बताएका छन् ।

 

उनले नेतृत्वले दुर्भाग्यपूर्ण कदम नचाल्ने विश्वास व्यक्त गरेका छन् । गौतम चुनाव लड्ने र रामवीरले राजीनामा दिनेबारेमा जिल्ला कमिटीलाई कुनै जानकारी नरहेको उनले बताए । राई तत्कालीन एमालेको जिल्ला अध्यक्ष हुन् भने रामवीर उपाध्यक्ष र विद्यासुन्दर शाक्य सचिव हुन् ।

 

उता काठमाडौं ७ बाटै निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य बसन्त मानन्धरले भने बामदेव चुनाव लड्ने कुराको स्वागत गरे पनि रामवीर मानन्धरको बार्गेनिङप्रति आपत्ति जनाएका छन् । उनले बामदेव जस्तो नेता चुनाव लडेमा आफूहरु जिताउन तयार रहेको तर रामवीरको मन्त्री, राष्ट्रियसभा सदस्य केन्द्रीय सदस्यको बार्गेनिङमा पार्टी नेतृत्व झुक्न नहुने बताएका छन् ।

 

ईश्वर पोखरेलको असन्तुष्टिपछि पार्टीभित्र बामदेव निकटकै नेताहरुले पनि उनलाई चुनाव नलड्न सुझाव दिएका छन् । पार्टीभित्रैको शक्ति उनलाई हराउन लाग्ने र बाहृय शक्ति एकजुट हुने निश्चित भएकाले जोखिमपूर्ण कदम नउठाउन गौतमलाई सुझाव दिइएको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए ।

 

स्रोतका अनुसार गौतम दशैंअघि चियापान कार्यक्रमहरुमार्फत काठमाडौं क्षेत्र नम्बर ७ का कार्यकर्ता र जनताबीच जाने तयारीमा छन् । यसबीचमा चाडपर्वको बेला सघन रुपमा सो क्षेत्रमा गएपछिमात्र चुनाव लड्ने तयारी शुरु हुने गौतम निकट नेताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...