देउवा निरंकुश भएको भन्दै केन्द्रीय समिति बैठक सिटौला पक्षले बहिस्कार गर्ने



हाम्रो इकोनोमि

 

पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् ।

 

नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा पनि यही ढंगले जाने देखिएकाले बैठक बहिस्कार गर्न लागिएको सिटौला निकट स्रोतले जनाएको छ ।

 

देउवा निरंकुश ढंगले अघि बढ्न लागेको भन्दै सिटौलाले सोमवार साँझ रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतका नेताहरुसँग छलफल गरेका थिए ।

 

उनीहरुसँगको छलफलपछि बुधवार बस्ने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने सन्देशसहित सिटौला विराटनगर प्रस्थान गरेका छन् । स्रोतका अनुसार सिटौला पक्षले बैठक बहिस्कार गर्नेछ ।

 

सिटौला पक्षको बहिस्कार घोषणासँगै रामचन्द्र पौडेल पक्ष पनि नैतिक संकटमा परेको दावी सिटौला निकट नेताहरुको छ । नेविसंघको विधानमा आंशिक संशोधन गर्दा संस्थापन पक्षले आफू इतर पक्षलाई हेरेरमात्र बहुमतको आडमा एकलौटी गरेको सिटौला पक्षको आरोप ।

 

सिटौला निकट स्रोतले भन्यो–नेविसंघ एउटा टेस्ट केसमात्र हो । अब देउवा पक्षले सभापतिलाई निरंशकुश बनाउने रेडिमेड बिधान केन्द्रीय समितिमा यसैगरी पास गरेर महासमितिमा लैजान्छ ।

 

महासमितिमा खरिद-विक्रीबाट बिधान पास गर्ने र पार्टी कब्जा गर्ने योजनाको मतियार हुन्न भनेर सिटौलाले बैठक बहिस्कार गरेका हुन् । अब रामचन्द्रमाथि चुनौति थपिएको छ ।

 

कांग्रेसमा सभापतिको अधिकार कटौति गर्नुपर्ने भन्नेमा पौडेल र सिटौला पक्षको एकमत छ । तर, देउवा पक्ष सभापतिलाई थप अधिकार दिएर बिधान संशोधनको प्रयासमा छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...