वामदेव गौतमसँग भिड्न रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीको चर्चा



हाम्रो इकोनोमि

 

काठमाडौं–७ का निर्वाचित सांसद रामबिर मानन्धरले राजीनामा दिएसँगै अब नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतम उम्मेद्वार बन्ने निश्चित जस्तै छ ।

 

नेकपामा गौतमको चर्चा चलेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा भने वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ । पौडेलको मात्रै होइन कांग्रेस वृतमा अर्का नेता अर्जुननरसिंह केसी पनि चर्चामा रहेका छन् ।

 

तर, उप-निर्वाचनमार्फत सांसद बन्ने गौतमको चाहना सजिलै पूरा नहुने निश्चत भएको छ । प्रतिपक्षी दलले बामदेवलाई हराउनेगरि हेभ्भी वेटका उम्मेद्वार पौडेल र केसीमध्ये एकलार्इ उठाउन छलफल गरिसकेको छ ।

 

सांसद मानन्धरले गौतमका लागि सिट खाली गर्न हिजै आफ्नो सहमती जनाएका थिए । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमलाई काठमाडौँबाट उपनिर्वाचनमार्फत् संसदमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...