ऋषी देवकोटा मार्ग बनाईने



हाम्रो इकोनोमि

 

जनकपुर । सहिद ऋषि देवकोटा आजादको नाममा सडक बन्ने भएको छ । धनुषाको मिथिलानगरपालिका र सिन्धुली जोड्ने सडक निर्माणको तयारी गरेसगैँ उक्त सडकको नाम ऋषि देवकोटा आजाद मार्ग राखिने तयारी गरेको हो ।

 

धनुषाको ढल्केवरबाट सिन्धुलीको चन्दनपुर जोड्ने सडक निर्माणका लागि नगरपालिकाका मेयर हरिनारायण महतोको नेतृत्वमा सोमवार ढल्केवरवासीले स्थलगत निरिक्षण समेत गरे । प्राविधिक टोली सहित गरिएको स्थलगत निरिक्षणमा सिन्धुलीको कमलामाई नगरपालिका १४ का वडा अध्यक्ष त्रितलाल अधिकारी दनुवार र त्यहाँका स्थानियको बाक्लो उपस्थिती थियो ।

 

मेयर महतोका अनुसार स्थलगत निरिक्षणपछी धनुषाको सिमानासम्म ११ किलो मिटर सडकको प्रारम्भिक चरणको निर्माण मिथिला नगरपालिकाले गर्ने र सिन्धुलीको भ–ुभागमा पर्ने सडकको निर्माणको पहल कमलामाई नगरपालिकाले गर्ने सहमती पनि गरिएको छ । मेयर महतो र सिन्धुली कमलामाई नगरपालिका १४ का वडा अध्यक्ष दनुवारद्वारा हस्ताक्षरीत सहमती पत्रमा दशै लगतै सडक निर्माणको प्रारम्भिक चरणको काम सुरु गर्ने उल्लेख गरिएको छ ।

 

साउन महिनामा बाबाधामका लागी लगुंर खोला जाने प्रमुख बाटोको रुपमा रहेको औरही खोला हुँदै सिन्धुलीको चन्दनपुरसम्म सडक बने दुवै जिल्लावासीलाई आवतजावत र ब्यापार ब्यवसायमा सुविधा हुने वडा अध्यक्ष दनुवारले बताए । यस सडकलाई सहिद ऋषि देवकोटा आजाद मार्गको नाम दिएर सरकारसगँ बजेट माग्ने तयारी मिथिला नगरपालिकाले गरेको छ ।

 

भुमिगत राजनीति गर्दा सिन्धुली भिमानका देवकोटा उक्त बाटो हुँदै पैदल हिँडेर धनुषामा राजनीतिक गतिविधी गर्न आउने गरेका थिए , मेयर महतोले भने, त्यसैले वहाँको सम्मानको लागी पनि यो सडकको नामकंरण वहाँको नाममा गरिन लागिएको हो । कम्युनिष्ट राजनीतिमा लागेका देवकोटाको २०३७ साल फागुन १२ गते सिन्धुलीको भिमानमा हत्या गरिएको थियो ।

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...