काठमाडौंमा घरै फोडेर साढे ३५ लाख बराबरको सुन चोरी



हाम्रो इकोनोमि

 

प्रहरीले चाडवाडको मुखमा चोरी, डकैतीका घटना बढ्न सक्ने भन्दै सुरक्षा संयन्त्र बढाइरहेका बेला काठमाडौंस्थित एक घर नै फोडेर ५९ तोला सुन चोरी गरिएको छ ।

 

काठमाडौं महानगरपालिका–१४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको हो ।

सोमबार घरमा कोही नभएको मौका पारेर सुवेदीको घरबाट करीब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ । यसैबीच, सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट ओमबहाल जाँदै गरेका सञ्जय मानन्धरले लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उक्त सिक्रीसहित शेर्पालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...