काठमाडौंमा घरै फोडेर साढे ३५ लाख बराबरको सुन चोरी



हाम्रो इकोनोमि

 

प्रहरीले चाडवाडको मुखमा चोरी, डकैतीका घटना बढ्न सक्ने भन्दै सुरक्षा संयन्त्र बढाइरहेका बेला काठमाडौंस्थित एक घर नै फोडेर ५९ तोला सुन चोरी गरिएको छ ।

 

काठमाडौं महानगरपालिका–१४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको हो ।

सोमबार घरमा कोही नभएको मौका पारेर सुवेदीको घरबाट करीब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ । यसैबीच, सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट ओमबहाल जाँदै गरेका सञ्जय मानन्धरले लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उक्त सिक्रीसहित शेर्पालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...