यसपालि लिगलिगमा को बन्ने भो राजा, छान्नको लागि हुँदैछ दौड



हाम्रो इकोनोमि

 

 

लिगलिगे राजा चुन्न यस वर्षपनि पालुङटारको लिगलिगकोटमा दौड प्रतियोगिता हुने भएको छ। लिलिकोट विकास अभियानले चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दुरीमा दौड प्रतियोगिता गरेर पहिलो हुनेलाई राजा घोषणा गर्दै आएको छ।

 

नेपाल एकीकरणको बेला यहाँ रहेको बाईसे, चौबिसे राज्य आफ्नै तरिकाले संचालन हुन्थ्यो। ती साना राज्य मध्ये लिगलिगकोट छुट्टै पहिचान बनाउन सफल थियो। लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले मंगलवार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने ‘दौडेर पहिलो हुनेलाई राजा बनाईन्थ्यो।’ विसं १६०४ देखि सुरु भएको लिगलिग दौडलाई अहिले पनि निरन्तरता दिइएको उनले बताए।

 

‘पहिले राजा छान्न गरिन्थ्यो, अहिले पर्यटक भित्र्याउन र यहाँको संस्कृतीको जगेर्ना सँगै खेलाडी, खेलको विकास गर्न दौड गर्दै आएका छौँ।’ असोज २८ गते दौड प्रतियोगितामा सहभागी हुन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी आउने आयोजकले जनाएको छ। हरेक वर्ष बिजया दशमीको अवसर पारेर लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिता गर्दै आएको छ।

 

दौडमा राजा हुने (विजेता) लाई नगद ६० हजार एक सय रुपैयाँको साथमा श्रीपेच, पगरी गुथेर मेडल र ट्रफि सहित बजार परिक्रमा गरिने आयोजक संस्थाका महासचिव सन्तोष देवकोटाले बताए। दोस्रो हुनेलाई ३५ हजार एक सय, तेस्रो २५ हजार एक सय हुँदै नबौँ स्थान अर्थात पहिलो १० भित्र पर्नेलाई नगद पुरस्कार दिईने छ। यस्तै समावेशी तर्फ महिलाहरुका लागि पाँच किलोमिटरको छुट्टै दौड आयोजना गरिएको छ।

 

बडडाँडादेखि लिगलिगकोट सम्म (५ किमी) दौडमा पहिलो हुनेलाई २० हजार पाँच, दोस्रो १२ हजार पाँच र तेस्रो सात हजार पाँच रुपैयाँ पुरस्कार तोकिएको छ। स्थानीय लिगलिग बासी मात्रै सहभागी हुन पाउने गरी १३ दशमलव ८ किलोमिटर दौडमा पहिलो पुरस्कार २० हजार पाँच राखिएकोछ।

 

यस वर्ष बोहोरा गाउँदेखि लिगलिगकोट सम्मको करिब तीन किलोमिटरमा भने छात्रछात्रा मात्रै सहभागी हुन पाउनेछन्। १५ देखि १८ वर्ष भित्रका स्थानीय बालवालिका सहभागी हुन पाउने उक्त दौडमा बिजेताले नगद पाँच हजार एक सय रुपैयाँ पुरस्कार पाउनेछन्। यी सबै विधामा बिजयीहुनेलाई नगद सँगै मेडल र ट्रफि प्रदान गरिने महासचिव देवकोटाले जानकारी दिए।

 

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खान बस्न र पुरस्कार सहित २८ लाख ५५ हजार खर्च लाग्ने अनुमान आयोजकको छ। करिब तीन लाख रुपैयाँको स्थानीयले श्रमदान गर्नेछन भने दुई लाख ५५ हजार पाँच सय ३५ रुपैयाँ नगद पुरस्कारमा खर्च हुनेछ।

 

‘यस वर्ष दौडमा सहभागी हुने खेलाडीको बिमा गरेका छौँ’ अध्यक्ष रानाले भने ‘प्रत्योक खेलाडीको सात लाखको बिमा छ।’ प्रतियोगिता संञ्चालन गर्न पालुङ्टार नगरपालिकाले नौ लाख, राष्ट्रिय खेलकुद परिषदबाट  पाँच लाख नगद सहयोगको आस्वासन मिलेको र अन्य संघ संस्था, शुभेच्छुकहरुबाट पनि सहयोग संकलन भईरहेको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...